News Category 2076/03/24
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरीमा आत्महत्या गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।
पछिल्लो पटक आइतबार जिल्लाको राजगढ गाउँपालिका, बोदेबर्साइन नगरपालिका र सप्तकोशी नगरपालिकामा गरि दुई पुरुष र एक महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
राजगढ गापा वडा नं. ४ बेल्ही बस्ने ७० वर्षिय लक्ष्मण मण्डलले आफु सुत्ने कोठामा बाँसको बलोमा गम्छाले पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै आइतबारै जिल्लाको बोदेबर्साईन नगरपालिका २ जोगीनिया निवासी ३० वर्षिय सुरेन्द्र पासवानले आफ्नो घरको बलोमा साडीले पासो लगाई झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । यसैगरि जिल्लाकै सप्तकोशी नगरपालिका ४ शम्भु सदाको ४५ वर्षिया श्रीमती बर्षीदेवी सदाले बलारदह सामुदायिक वन भित्र बाँसको झ्याङमा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता गत फागुन महिनामा आत्महत्या गर्नेहरुको संख्या १० रहेको थियो भने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालका अनुसार यस अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ गरी १० जनाले ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् ।
प्रहरीको तथ्यांक अनुसार २०७५ साउनदेखि चालु आ.ब. २०७६ असार १५ गतेसम्ममा जिल्लामा कुल ६३ जनाले आत्महत्या गरेको जसमध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ । यसमध्ये चैतदेखी असार १५ सम्ममा ३ पुरुष र ४ महिला गरि ७ जनाले विषसेवन गरेको तथा २४ जनाले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
यसरी आत्महत्या गर्ने अधिकांश घटनामा प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । त्यसपछि गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्याको कारक बन्ने गरेको पाइएको छ ।
कतिपय केशमा उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भारले थिचिदै जाँदा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक तथा प्रहरी अधिकारीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ