News Category 2076/03/24
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरीमा आत्महत्या गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।
पछिल्लो पटक आइतबार जिल्लाको राजगढ गाउँपालिका, बोदेबर्साइन नगरपालिका र सप्तकोशी नगरपालिकामा गरि दुई पुरुष र एक महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
राजगढ गापा वडा नं. ४ बेल्ही बस्ने ७० वर्षिय लक्ष्मण मण्डलले आफु सुत्ने कोठामा बाँसको बलोमा गम्छाले पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै आइतबारै जिल्लाको बोदेबर्साईन नगरपालिका २ जोगीनिया निवासी ३० वर्षिय सुरेन्द्र पासवानले आफ्नो घरको बलोमा साडीले पासो लगाई झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । यसैगरि जिल्लाकै सप्तकोशी नगरपालिका ४ शम्भु सदाको ४५ वर्षिया श्रीमती बर्षीदेवी सदाले बलारदह सामुदायिक वन भित्र बाँसको झ्याङमा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता गत फागुन महिनामा आत्महत्या गर्नेहरुको संख्या १० रहेको थियो भने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालका अनुसार यस अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ गरी १० जनाले ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् ।
प्रहरीको तथ्यांक अनुसार २०७५ साउनदेखि चालु आ.ब. २०७६ असार १५ गतेसम्ममा जिल्लामा कुल ६३ जनाले आत्महत्या गरेको जसमध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ । यसमध्ये चैतदेखी असार १५ सम्ममा ३ पुरुष र ४ महिला गरि ७ जनाले विषसेवन गरेको तथा २४ जनाले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
यसरी आत्महत्या गर्ने अधिकांश घटनामा प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । त्यसपछि गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्याको कारक बन्ने गरेको पाइएको छ ।
कतिपय केशमा उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भारले थिचिदै जाँदा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक तथा प्रहरी अधिकारीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ