News Category 2076/03/24
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीमा आत्महत्याका घटना बढेका छन् । चालु आर्थिक वर्षको २०७५ साउनदेखी हालसम्मको अवधीमा जिल्लामा ६३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
जस मध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ । प्रहरी तथ्याङ्क अनुसार १० देखी २२ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवतीको आत्महत्या गर्नेमा बढी छ ।
सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता भावेष रिमालका अनुसार गत फागुन महिनामा आत्महत्या गर्नेहरुको संख्या १० रहेको थियो । सो अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ जनाले ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् । त्यस्तै चैतदेखी असार १५ गते सम्ममा ३ पुरुष र ४ महिला गरि ७ जनाले विषसेवन तथा २४ जनाले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
पारिवारिक कलह, प्रेममा धोका, बेरोजगारी, परिक्षामा असफलता, मानसिक तनाव, एक्लोपना, बैदेशिक रोजगारी, आर्थिक विपन्नता लगायतका कारणले आत्महत्या गर्नेको संख्या वर्षेणी बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भावेष रिमालको भनाई छ । आत्महत्या गर्नेले बढी घाँटीमा पासो लगाई झुण्डिने गर्ने गरेको पाइएको छ भने त्यसपछि विष सेवन, जिउमा आगो लगाउने र पानीमा हामफल्ने लगायतका विधि अपनाउने गरेको पाइएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ