News Category 2076/03/25
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि महामारी प्रकोप ब्यबस्थापन तथा पुर्व तयारी सम्बन्धी एक दिने बहुनिकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
स्वास्थ सेवा बिभाग अन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा तथा जनस्वास्थ कार्यालय सप्तरीको संयोजनमा बुधबार आयोजित अन्तरक्रियामा बिपदको वेला महामारी हुन नदिन तथा प्रकोपवाट जोगिनका लागि स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह गरिएको छ ।
स्वास्थ सेवा बिभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका जनस्वास्थ अधिकृत रेशम लामिछानेले सबै स्थानिय तहले बिपदको बेला जनस्वास्थ ब्यबस्थापन उपसमिति बनाई कार्ययोजना बनाएर प्रतिकार्य टोली तैयारीका परिचालन हुन आग्रह गरे ।
सो अवसरमा गजेन्द्र नारायण सिह अस्पतालका मेसु डा. चुमनलाल दासले बाढीको समयमा महामारीको प्रकोपहरू बढ्ने भएकोले सम्बन्धी स्थानिय सरकार अन्तर्गतका स्वास्थ्यकर्मीहरूले बिपदको वेला ब्याक प्याक बनाएर हिडनुपर्ने सुझाव दिए ।
जनस्वास्थ कार्यालय सप्तरी प्रमुख निरन्जन यादबको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षा बिकास समन्वय ईकाई प्रमुख फणिन्द्र खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख भगिरथ यादब, कोशी पीडित समाजका निर्देशक देब नारायण यादब, राजबिराज नगरपालिका स्वास्थ संयोजक रामनारायण देब, सहसंयोजक शोभा कुमारी साह, जनस्वास्थ कार्यालयका आलोक यादब, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब लगायतले बाढी, बिपदको वेला सबै स्थानिय सरकार तथा सरोकारवाला निकायहरू आ–आफनो क्षेत्रमा पुर्व तैयारीका साथ प्रतिकार्यका लागी परिचालन हुनुपर्नेमा जोड दिएका थिए ।
उक्त अन्तरक्रियामा खानेपानी सरसफाई डिभिजन, कृषि ज्ञान केन्द्र, राजबिराज नगरपालिका, सप्तकोशी नगरपालिका, कंचनरूप नगरपालिका, सप्तरी रेडक्रस सोसाईटी, कोशी पीडित समाज, विभिन्न गापा र नपाका स्वास्थ संयोजकहरूको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ