News Category 2076/03/27

बालिका बलात्कार गरेका  यूवकलाई ६ वर्ष कैद

दैनिक समाचारदाता

बालिका बलात्कार गरेका  यूवकलाई ६ वर्ष कैद

दैनिक समाचारदाता
राजविराज, २७ असार ।
    राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई १३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा अदालतले ६ वर्ष कैदको फैसला गरेको छ ।
    सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले बिहीबार आरोपितलाई ६ वर्ष कैद र २५ हजार जरिवानाको सजाय गर्नुका साथै पीडितलाई १५ हजार क्षतिपूर्ति दिलाउन अन्तिम फैसला गरेको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिएका छन् ।
    घर फर्किरहेकी बालिकालाई विसं २०७५ असार ३१ गते राति घर लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७५ असार ३२ गते अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगको उजुरी दर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट