News Category 2076/03/28
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार बढी घर डुवानमा, तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
लगातार वर्षाका कारण कारण सप्तरीस्थित विभिन्न नदी खोला नालामा आएको बाढीले ठाउँ ठाउँमा तटबन्ध भत्काउँदा सप्तरीमा एक हजार बढी घर डुवानमा परेको छ भने प्रमुख बजारहरुमा दुई फिटसम्म पानी भरिएको छ ।
निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । सप्तकोशीमा अहिलेसम्मकै सबैभन्दा बढी शनिबार साँझ ६ बजे सप्तकोशी नदीमा पानीको वहाव ३ लाख १० हजार ५ सय ४५ क्विसेक प्रति सेकेन्ड रेकर्ड भएको छ । अघिल्लो दिन १ लाख ७२ हजार ६ सय २५ क्विसेक प्रति सेकेन्ड रेकर्ड गरिएको थियो ।

प्रत्येक एक एक घण्टामा वहावको रेकर्ड राख्दै आएको कोशी ब्यारेज कन्ट्रोल रुमले अघिल्लो दिनदेखी नै खतराको संकेत स्वरुप रातो झण्डा र रातो बत्ति बालिसकेको छ ।
यता त्रियुगा नदीको बाढीले बाँध भत्किएर सप्तकोशी नगरपालिका १ फत्तेपुर बजारको दुई दर्जन घर र पसल डुवानमा पारेको छ भने खाँडो र सप्तकोशीको बाढी पसेर बाँध भत्काउँदा तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठी गाउँमा १ सय ५० घर तथा हनुमाननगर कंकालिनि नगरपालिकाको ३ र ७ वडामा करिब एक सय ५० घर डुवानमा परेको छ ।
यस्तै खाँडो र भलुवाईको बाढी पस्दा राजविराज नगरपालिकाको वडा नं. ५, ७, १५ र १६ तथा विष्णुपुर गाउँपालिका ६ को गरि करिब २ स ५० घर डुवानमा परेको छ । तिलाठीस्थित प्रहरी चौकी डुवानमा पर्दा त्यहाँबाट सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता तिलाठीमा बाढीले खाँडो नदीको बाँध भत्काएको छ । जसकारण तिलाठीको १ सय ५० बढी घर डुवानमा परेको छ । यसैगरि तिरहुत गाउँपालिका ५ स्थित मैनाकडेरीमा समेत मुहली खोलाको बाँध भत्किएको छ । सो बाँध मर्मतका लागि ठूलो संख्यामा सेना परिचालन गरिएको छ ।
यसैगरि बाढीले खेती योग्य जमिनमा पनि ठूलो क्षति पु¥याएको कृषकहरुले बताएका छन् । बाढी पसेर हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा गाउँका करिब २ सय विगहा खेतीयोग्य जग्गा पोखरीमा परिणत भएको स्थानियवासी एवं कृषक रामेश्वर रायले बताए ।
यस्तै खडक नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा खडक खोलाको बाढीले निरन्तर कटान गरिरहेकाले त्यहा पनि आवागमन ठप्प हुने सम्भावना रहेको स्थानियले बताएका छन् ।
यसैगरि बोदे बसाइन नगरपालिका ५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्ड अन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ । खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन् । बाढीले बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पूर्णरुपले अबरुद्ध भएको छ ।
यस्तै खडक नदीको बाढीले बोदे बसाइन नगरपालिकाको वडा नं ५ जाँजर, वडा नं ७ हैठिस्थित थारु टोल, मुसहर बस्ती डुबानमा परेको छ भने बोका नदीको बाढी गाउँमा पसेपछि बोदे बसाइनका धनगढी, सारस्वर, कुशमहार, काचन, देउरी, खडकपुरलगायतका गाउँ डुबानमा परेको बोदे नगर प्रमुख आतेशसिंह यादवले जानकारी दिएका छन् ।

बाढीले अहिलेसम्म कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रिता खडकाले जानकारी दिएकी छन् । बाढीबाट हुने क्षति न्युनिकरणका लागि स्थानिय प्रशासनले उपलब्ध साधनश्रोतको उच्चतम परिचालन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।

यता नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले रबर बोट एक थान प्रयोग गरी २५ जनालाई उद्दार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै सप्तकोशी नगरपालिका ७ स्थित बनी गाउँमा ४ जना बच्चाहरुहरुलाई प्रहरीले उद्दार गरेको छ । छतमा बसिरहेका ती बच्चाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीबल समेतको टोलीले सकुशल उद्दार गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ