News Category 2076/03/29
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा

दैनिक समाचारदाता
राजविराज, २९ असार ।
अविरल वर्षापछि पसेको बाढीले विभिन्न स्थानमा बाँध भत्काउँदा सप्तरीमा तीन हजार घर डुवानमा परेका छन् भने ३ सय भन्दा बढी बिस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तकोशी, त्रियुगा, खाँडो, बलान, भलुवाही, सुन्दरी, जिता, खडकलगायतका नदी र खोलामा आएको बाढी सहरी र ग्रामिण क्षेत्रमा पस्दा आइतबारसम्ममा जिल्लामा ३ हजार ५ सय २ घर डुवानमा परेका छन् ३ सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवार नजिकैको उच्च स्थलमा रहेका विद्यालय, सरकारी कार्यालय र बाँधमा पाल टाँगेर आश्रय लिएर बसेका छन् ।
बाढीले गर्दा सबभन्दा बढी तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिका क्षेत्रबाट बिस्थापित भएको प्रहरी तथ्याङ्कले देखाएको छ । त्यसपछि राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका, महदेवा गाउँपालिका, खडक गाउँपालिका र तिरहुत गाउँपालिकाका केही वडाका बाढीपीडित बिस्थापित भई सुरक्षित स्थानमा आश्रय लिई बसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रिता खडकाले जानकारी दिइन् ।
त्यस्तै गोबरगाढाका ५० भन्दा बढी घर उच्च जोखिममा रहेका छन् । बाढीपीडितहरुले विभिन्न संघसंस्था र स्थानियतहबाट प्रारम्भिक राहत स्वरुप चिउरा, मुरही, चाउचाउ, बिस्कुट लगायतका सामाग्रि प्राप्त गरे पनि प्रत्येक वर्ष बाढीबाट हुने पीडालाई कम गर्न समस्याको स्थायी समाधान चाहेको बताएका छन् ।
बाढीबाट हुने क्षति न्यूनिकरण तथा राहतका लागि सेना र प्रहरी प्रभावित क्षेत्रमा परिचालित रहेको तथा अहिलेसम्म कुनै मानविय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बाढीले ठाउँ ठाउँमा भत्काएको बाँध मर्मतमा सेना, प्रहरी र स्थानियहरु मिलेर काम गरिरहेको उनको भनाई छ ।
यद्दपी खाँडो नदीमा अत्याधिक बाढी रहेका कारण बाँध मर्मत कार्य प्रभावित बनेको विपद् जोखीमन्यूनिकरण अधिकृत राजेश झाले बताए । निरन्तरको वर्षाले सप्तकोशी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका गरि चार स्थानमा बाँध भत्काएको र ती सबै स्थानमा सेना र प्रहरी परिचालित रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ