News Category 2076/03/29
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
अविरल वर्षापछि पसेको बाढीले विभिन्न स्थानमा बाँध भत्काउँदा सप्तरीमा तीन हजार घर डुवानमा परेका छन् भने ३ सय भन्दा बढी बिस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तकोशी, त्रियुगा, खाँडो, बलान, भलुवाही, सुन्दरी, जिता, खडकलगायतका नदी र खोलामा आएको बाढी सहरी र ग्रामिण क्षेत्रमा पस्दा आइतबारसम्ममा जिल्लामा ३ हजार ५ सय २ घर डुवानमा परेका छन् ३ सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवार नजिकैको उच्च स्थलमा रहेका विद्यालय, सरकारी कार्यालय र बाँधमा पाल टाँगेर आश्रय लिएर बसेका छन् ।
.jpg)
बाढीले गर्दा सबभन्दा बढी तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिका क्षेत्रबाट बिस्थापित भएको प्रहरी तथ्याङ्कले देखाएको छ । त्यसपछि राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका, महदेवा गाउँपालिका, खडक गाउँपालिका र तिरहुत गाउँपालिकाका केही वडाका बाढीपीडित बिस्थापित भई सुरक्षित स्थानमा आश्रय लिई बसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रिता खडकाले जानकारी दिइन् ।
त्यस्तै गोबरगाढाका ५० भन्दा बढी घर उच्च जोखिममा रहेका छन् । बाढीपीडितहरुले विभिन्न संघसंस्था र स्थानियतहबाट प्रारम्भिक राहत स्वरुप चिउरा, मुरही, चाउचाउ, बिस्कुट लगायतका सामाग्रि प्राप्त गरे पनि प्रत्येक वर्ष बाढीबाट हुने पीडालाई कम गर्न समस्याको स्थायी समाधान चाहेको बताएका छन् ।

बाढीबाट हुने क्षति न्यूनिकरण तथा राहतका लागि सेना र प्रहरी प्रभावित क्षेत्रमा परिचालित रहेको तथा अहिलेसम्म कुनै मानविय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बाढीले ठाउँ ठाउँमा भत्काएको बाँध मर्मतमा सेना, प्रहरी र स्थानियहरु मिलेर काम गरिरहेको उनको भनाई छ ।
यद्दपी खाँडो नदीमा अत्याधिक बाढी रहेका कारण बाँध मर्मत कार्य प्रभावित बनेको विपद् जोखीमन्यूनिकरण अधिकृत राजेश झाले बताए । निरन्तरको वर्षाले सप्तकोशी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका गरि चार स्थानमा बाँध भत्काएको र ती सबै स्थानमा सेना र प्रहरी परिचालित रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ