News Category 2076/03/30
बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सप्तरीका बाढी पीडितहरु धनजनले पीडित भएकै बेला अहिले उनीहरु सर्पको डरत्रासले समेत त्रसित बनेका छन् । बाढी प्रभावित क्षेत्रमा सर्प देखिने क्रम बढ्दै जाँदा एकैदिन तीन जना बाढीपीडित सर्पदंशबाट घाईते भएका छन् ।
बाढी सँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ का ५० बर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षिय रामकुमार यादव घाईते भएका हुन् ।
बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पीडितका आफन्तले बताएका छन् । तिनै जनालाई अहिले उपचारका लागी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालको आकस्मिक कक्षका अहेव महानारायण यादवका अनुसार गर्मी र ५ दिनदेखिको लगातारको बर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर आउँदा सर्पदंशका घटना बढेको छ ।
अस्पतालको तथ्यांक अनुसार विगत ५ दिन यता सर्पदंशका ४४ जना विरामी उपचारका लागी आएका छन भने दैनिक ४ देखि ७ जना सम्म सर्पदंशबाट घाईते भई उपचारका लागी आउने गरेका छन् ।
जसमध्ये अधिकांश जिल्लामा बाढीबाट सर्वाधिक प्रभावित तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाको ग्रामिण भेगका वडाका बासिन्दाहरु छन् ।
यस्तै जिल्ला अस्थित अन्य अस्पताल, सर्पदंश उपचार केन्द्र तथा प्राईभेट क्लिनिकहरुमा समेत सर्पदंशका विरामीहरु हवात्तै बढेको सम्बद्घ संचालकहरुले बताएका छन् । सर्पदंशको घटना हवात्तै बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधी प्रयाप्त मात्रामा झिकाई स्टक गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमन लाल दासले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ