News Category 2076/03/30
बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सप्तरीका बाढी पीडितहरु धनजनले पीडित भएकै बेला अहिले उनीहरु सर्पको डरत्रासले समेत त्रसित बनेका छन् । बाढी प्रभावित क्षेत्रमा सर्प देखिने क्रम बढ्दै जाँदा एकैदिन तीन जना बाढीपीडित सर्पदंशबाट घाईते भएका छन् ।
बाढी सँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ का ५० बर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षिय रामकुमार यादव घाईते भएका हुन् ।
बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पीडितका आफन्तले बताएका छन् । तिनै जनालाई अहिले उपचारका लागी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालको आकस्मिक कक्षका अहेव महानारायण यादवका अनुसार गर्मी र ५ दिनदेखिको लगातारको बर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर आउँदा सर्पदंशका घटना बढेको छ ।
अस्पतालको तथ्यांक अनुसार विगत ५ दिन यता सर्पदंशका ४४ जना विरामी उपचारका लागी आएका छन भने दैनिक ४ देखि ७ जना सम्म सर्पदंशबाट घाईते भई उपचारका लागी आउने गरेका छन् ।
जसमध्ये अधिकांश जिल्लामा बाढीबाट सर्वाधिक प्रभावित तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाको ग्रामिण भेगका वडाका बासिन्दाहरु छन् ।
यस्तै जिल्ला अस्थित अन्य अस्पताल, सर्पदंश उपचार केन्द्र तथा प्राईभेट क्लिनिकहरुमा समेत सर्पदंशका विरामीहरु हवात्तै बढेको सम्बद्घ संचालकहरुले बताएका छन् । सर्पदंशको घटना हवात्तै बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधी प्रयाप्त मात्रामा झिकाई स्टक गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमन लाल दासले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ