News Category 2076/04/04
बाढीपीडितलाई ग्लोबलको सहयोग, बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण
राजविराज÷ग्लोबल आईएमई बैंक राजविराज शाखाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बाढीपीडित ३ सय परिवारलाई राहत स्वरुप त्रिपाल र शैक्षिक सामाग्रि उपलब्ध गराएको छ ।
बाढीबाट अति प्रभावित सो गाउँपालिका वडा नं. ४ स्थित तेलयारी, चट्टी, नवटोलिया र गोरिहारी टोलका पीडितहरुलाई शनिबार शाखा प्रबन्धक मनिष महासेठको नेतृत्वमा पुगेको टोलीले एक÷एक थान त्रिपाल र उनका सन्तानलाई कपी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्रि उपलब्ध गराएको हो ।

बाढीले घर बगाउनुका साथै पीडित परिवारको सन्तानका शैक्षिक सामाग्रि पनि नष्ट गरेको पाइएकोले त्रिपालसँगै शैक्षिक सामाग्रि पनि उपलब्ध गराइएको प्रबन्धक महासेठले बताए । सामाजिक उत्तरदायित्व तथा परोपकारी काम अन्तरगत राहत उपलब्ध गराइएको भन्दै उनले प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह पनि गरे ।
पीडितहरुको बस्तिमै पुगि भएको राहत बितरण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पनि राहत बितरण गर्दै बाढीपीडितलाई सहयोग गरेकोमा बैंकपरिवारप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीपीडितका लागि सहयोगी हातहरु अघि बढ्नु पर्नेमा जोड दिए ।
राहत बितरण कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक लाल बहादुर नेगि, पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझी, वडा अध्यक्ष गोपि मण्डललगायतको पनि उपस्थिति रहेको थियो ।
अविरल वर्षापछि असार तेश्रो सातामा विभिन्न नदी खोलामा आएको बाढीका कारण सप्तरीमा ४ सय भन्दा बढी परिवार बिस्थापित बनेका छन् । ती क्षेत्रका सयौं विगहा धानखेती पनि डुवानमा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ