News Category 2076/04/04
प्रहरीको घुमुवाको आतंकप्रति व्यापारी बिरोधमा उत्रे
राजविराज÷प्रहरीको घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका व्यापारीहरुले बिरोध गरेका छन् ।
व्यापार व्यवसायी धरापमा परेकोले प्रहरी र प्रशासनको विरोध गर्दै स्थानीय व्यापारीले शनिबार सप्तरीको बोदेबरसाइन बजार बन्द गराएका छन । उनीहरुले बजार बन्द गराउनुका साथै ष्स्सिडकमा टायर बालेर नारा जुलुससमेत गरेका छन् ।
गत बिहीबार बोदेबरसाइन नगरपालिका ५ स्थित जय माता दी ट्रेडर्सबाट बक्री भएको करिब ७५÷८० हजार बराबरको सामान घुमुवा प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएपछि व्यापारीहरु आक्रोसित भई बिरोधमा उत्रिएका हुन् ।
भ्याट बिलसहित बेल्ही चेपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २÷३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिएको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिएका छन् ।
प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए ।
गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन् ।
यता सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले पनि व्यापारीप्रति प्रहरीको व्यवहार गलत देखिएको आरोप लगाए ।
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भारतबाट अनधिकृत रुपमा ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ