News Category 2076/04/04
प्रहरीको घुमुवाको आतंकप्रति व्यापारी बिरोधमा उत्रे
राजविराज÷प्रहरीको घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका व्यापारीहरुले बिरोध गरेका छन् ।
व्यापार व्यवसायी धरापमा परेकोले प्रहरी र प्रशासनको विरोध गर्दै स्थानीय व्यापारीले शनिबार सप्तरीको बोदेबरसाइन बजार बन्द गराएका छन । उनीहरुले बजार बन्द गराउनुका साथै ष्स्सिडकमा टायर बालेर नारा जुलुससमेत गरेका छन् ।
गत बिहीबार बोदेबरसाइन नगरपालिका ५ स्थित जय माता दी ट्रेडर्सबाट बक्री भएको करिब ७५÷८० हजार बराबरको सामान घुमुवा प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएपछि व्यापारीहरु आक्रोसित भई बिरोधमा उत्रिएका हुन् ।
भ्याट बिलसहित बेल्ही चेपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २÷३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिएको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिएका छन् ।
प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए ।
गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन् ।
यता सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले पनि व्यापारीप्रति प्रहरीको व्यवहार गलत देखिएको आरोप लगाए ।
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भारतबाट अनधिकृत रुपमा ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ