News Category 2076/04/06
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए

दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
सप्तरीको महादेवा गाउँपालिकाका सबै वडामा सेनाले स्वच्छ खानेपानीका लागी डिप बोरिङ तथा खानेपानी वितरण आयोजना सम्पन्न गरेको छ ।
स्थानियको आग्रहमा नेपाली सेनाले २७ नं. बाहिनीका बाहिनीपती सहायक रथी बाबुराम श्रेष्ठको नेतृत्वमा भिमदलगणका दैनिक २५ जनाको सैन्य टोलीले ६५ दिनको लगातारको श्रमबाट सो निर्माण कार्य सम्पन्न भएको हो ।
सो खानेपानीको निर्माण कार्य सँगै सेनाले भुकम्पका कारण भत्काएको एक विद्यालयलाई ३ सय फिट लामो कम्पाउण्ड वाल समेत निर्माण गरी समुदाय र बिद्यालयलाई हस्तान्तरण गरेको छ ।
निर्माण कार्य सम्पन्न पश्चात् आईतबार एक कार्यक्रम विच प्रमुख अतिथि मध्य पूर्वी पृतनाका पृतनापति उपरिथ नरेश चन्द्रभट्टद्वारा उद्घाटन लगतै समुदाय र सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
३५ लाखको लागतमा निर्माण गरिएको डिप बोरिङ र खानेपानी वितरण आयोजना तथा महादेवा गाउँपालिकास्थित आधारभूत विद्यालयको ३ सय फिट लम्बाई र १० ईन्च मोटाई रहेको छ ।
यस्तै बाढी र गर्मीसँगै सो क्षेत्रमा सर्प र लामखुट्टेको प्रकोप समेत बढेकाले त्यसबाट जोगिन सेनाले ५ सय परिवारलाई जनहि एक–एक थानका दरले झुल समेत वितरण गरिएको भिम दल गणका गणपति एवं प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए ।
स्वच्छ खानेपानीबाट बञ्चित तथा झुलको अभावमा लामखुट्टे र सर्पको जोखिममा रहेका स्थानियबासीको पीडा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा नजिक पु¥याएपछि उनकै असिम सदिक्षाले ३५ लाखको लगानी र सेनाको श्रमदानबाट महादेवा गाउँपालिकाका बासिन्दालाई सहयोग गर्न सकिएको उल्लेख गरे ।
२ सय ४० फिट गहिरो डिप बोरिङ र ३० फिट उचाईको आर.सि.सि. ओभर हेड टयांकि निर्माण गरिएको छ । १० हजार लिटरको क्षमता भएको टयांकिबाट गाउँपालिकाको सवै ६ वटै वडामा २÷२ ओटा धारा समेत जडान गरी स्वच्छ खानेपानी पुर्याइएको छ ।
यसअघि धारा नहुँदा आर्सेनिक र आईरन युक्त टयुवेलको पानी खान बाध्य स्थानिय बासीको वडा वडामा स्वच्छ खानेपानी सहितको धारा सेनाले जडान गरिदिएपछि स्थानिय निकै हर्षित भएका छन् ।
कार्यक्रममा महादेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह आधारभूत विद्यालयका प्रधानाध्यापक गंगा राय ईसर लगायतले सेनाको सामाजिक कामको प्रशंसा गर्दै स्थानियको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ