News Category 2076/04/06
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा
दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
सरकारले ल्याएको नयाँ कर नीति तथा स्थानिय प्रशासनको ज्यादतीको विरोधमा राजबिराजका व्यापारीहरुले पसल बन्द गरेर आईतबार विरोध ¥याली निकाल्दै आन्दोलित भएका छन् ।
सरकारले साउन १ गतेदेखि लागु हुने किसिमले ल्याएको नयाँ नीतिका कारण उद्योग व्यवसायी संकटमा पर्ने भन्दै सप्तरीका उद्योगी एवं व्यवसायीहरु आन्दोलित भएका हुन् ।
उद्योग वाणिज्य संघ सप्तरीको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले राजबिराज नगरको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरे ।
आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।
ढुवानी तथा खाद्यानमा लगाएको भ्याट अव्यवहारिक भएकोले खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा योजना लागु गर्दा व्यवसायीलाई अत्याधिक व्यभार बढनुका साथै श्रमिकसँग समन्वय गरी व्यवसायी संचालन गर्न कठिन हुने भएकाले सो नियम खारेज गर्नुपर्ने, उद्योग प्रतिष्ठानमा उत्पादन कार्यमा प्रयोग भएको डिजल (ईन्धन) मा तिरेको भ्याद मिलान गर्न पाउने व्यवस्था यथावत राख्नुपर्ने, बैंकबाट लगाईएको चर्को ब्याज तथा बिमा कम्पनीहरुबाट भएको अघोषित सिन्डिकेट प्रथालाई सरकारले हस्तक्षेप गरी उद्योगी व्यवसायीको हितका लागी लगानी गर्न सक्ने बातावरण तयार गर्न उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।
उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरूण प्रधानले सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको आरोप लगाएका छन् ।
उनले नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारिक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने बताउँदै सरकारले सो निर्णय फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ