News Category 2076/04/08
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरीमा मंगलबार बिहान मेघ गर्जन र वर्षासँगै खसेको चट्याङ् लागेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर सप्तरीको तिलाठी कोईलाडी गाउँपािलका १ बस्ने लक्ष्मण यादवकी १५ वर्षिया छोरी पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षा हुँदै गर्दा धान खेतमा काम गरिरहेकी पुनमलाई अचानक चट्याङ् लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै जिल्लाकै हनुमानगर कंकालिनी नगरपालिका ११ बस्ने शुभनारायण पण्डितको ४५ वर्षिया श्रीमती शिवसती देवी पण्डितको खेतमा श्रीमानलाई खाना पु¥याई फर्कने क्रममा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै जिल्लाको सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ बर्षीय हरीहर चौधरी खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ