News Category 2076/04/08
पुष्पलालको स्मृति दिवसमा रक्तदान
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औ स्मृति दिवसको दोस्रो दिन बुधवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
पुष्पलालको स्मृति प्रतिष्ठान शाखा सप्तरीको अगुवाईमा तीन दिबसिय कार्यक्रम अन्तरगत बुधवार १३ जनाले रक्तदान गरेका छन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको प्रतिष्ठानका सचिव निरन्जन झाले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष प्रताप नारनयण चौधरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रामनारायण मण्डल, शिवनाथ दास, निरन्जन झा, भागिरथ साह, राजेश चौधरी, बलराम यादव, हेमशंकर सिंह, ओकेश मिश्र, झलकमान खडका, कमल प्रसाद गौतम, बिजय पुलामी मगर, रंजिव साह र रामलाल यादवले रक्तदान गरेको रक्तसंचार केन्द्रका नविन झाले जानकारी दिएका छन् ।
सो अबसमा नेकपा सप्तरीका सचिव समेत रहेका प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने सहितका नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ