News Category 2076/04/08
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
बाढी पहिरोको वेला हुने जोखिम र महामारीवाट जोगिन तथा खानेपानी शुद्विकरण सम्बन्धी खानेपानी सरसफाई डिभिजन कार्यालयले एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बुधवार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा युनिसेफको सहयोगमा राजबिराजमा सरोकारवाला निकायहरूसँगको अन्तरक्रियामा जोखिमको वेलामा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने सम्बन्धमा छलफल गरेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्र प्रमुख शैलेन्द्र कुमार झाले बाढी प्रभावित क्षेत्र, तथा जोखिमको वेला पानी शुद्विकरण गरि मात्र पिउन आग्रह गरे ।
उनले समुदायमा चर्पी प्रयोग गर्दा तथा पानी शुद्वगरी खानका लागि टुवेल, धारा, र ईनारको पानी प्रयोग गर्दा पिउस, वाटर गार्ड, एक्वा ट्याप राखेर आधा घण्टापछि मात्र पिउन सबैलाई अनुरोध समेत गरे ।
शुद्व पानी नखादा जन्डसि, आउँ, झाडापखाला तथा हैजा जस्ता महामारी रोग लाग्ने भएकोले पानी जन्य रोगवाट बच्नका लागि समुदाय ब्याप्क प्रचारप्रचार गर्नु आबश्यक रहेको सबल नेपालका परमेश्वर झाले जानकारी दिए ।
सोही कार्यक्रममा हात धुएर पानी खाने, चर्पि, महिला गर्भवति महिलालाई कसरी लाने, टुवेलको पानी खादै नखाने, पोखरीमा बिलिंक पाउडर प्रयोग गरि खाने, दैबि प्रकोप को वेला सतर्कता अपनाउनु पर्ने गैसस अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी गराएका छन् ।
उक्त अवसरमा खानेपानी सरसफाई डिभिजन कार्यालय निमित प्रमुख शैलेन्द्र कुमार झा, युनिसेफ वास अफिसर सुनिता सुल्फे, सप्तरीका सम्पुर्ण पालिका वास संयोजक सुमिन्त्रा राई, गैसस अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका परमेश्वर झा, लगायतले सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रममा सरसफाई क्षेत्रमा काम गर्ने खानेपानी तथा सरसफाई डिभिजन, सबल नेपाल, सेभद सप्तरी, सप्तरी सामुदायिक बिकास केन्द्र लगायतका ६० जना स्वयमसेवकहरूको सहभागिता रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राबिधिक रामाप्रसाद साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ