News Category 2076/04/08
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
बाढी पहिरोको वेला हुने जोखिम र महामारीवाट जोगिन तथा खानेपानी शुद्विकरण सम्बन्धी खानेपानी सरसफाई डिभिजन कार्यालयले एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बुधवार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा युनिसेफको सहयोगमा राजबिराजमा सरोकारवाला निकायहरूसँगको अन्तरक्रियामा जोखिमको वेलामा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने सम्बन्धमा छलफल गरेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्र प्रमुख शैलेन्द्र कुमार झाले बाढी प्रभावित क्षेत्र, तथा जोखिमको वेला पानी शुद्विकरण गरि मात्र पिउन आग्रह गरे ।
उनले समुदायमा चर्पी प्रयोग गर्दा तथा पानी शुद्वगरी खानका लागि टुवेल, धारा, र ईनारको पानी प्रयोग गर्दा पिउस, वाटर गार्ड, एक्वा ट्याप राखेर आधा घण्टापछि मात्र पिउन सबैलाई अनुरोध समेत गरे ।
शुद्व पानी नखादा जन्डसि, आउँ, झाडापखाला तथा हैजा जस्ता महामारी रोग लाग्ने भएकोले पानी जन्य रोगवाट बच्नका लागि समुदाय ब्याप्क प्रचारप्रचार गर्नु आबश्यक रहेको सबल नेपालका परमेश्वर झाले जानकारी दिए ।
सोही कार्यक्रममा हात धुएर पानी खाने, चर्पि, महिला गर्भवति महिलालाई कसरी लाने, टुवेलको पानी खादै नखाने, पोखरीमा बिलिंक पाउडर प्रयोग गरि खाने, दैबि प्रकोप को वेला सतर्कता अपनाउनु पर्ने गैसस अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी गराएका छन् ।
उक्त अवसरमा खानेपानी सरसफाई डिभिजन कार्यालय निमित प्रमुख शैलेन्द्र कुमार झा, युनिसेफ वास अफिसर सुनिता सुल्फे, सप्तरीका सम्पुर्ण पालिका वास संयोजक सुमिन्त्रा राई, गैसस अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका परमेश्वर झा, लगायतले सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रममा सरसफाई क्षेत्रमा काम गर्ने खानेपानी तथा सरसफाई डिभिजन, सबल नेपाल, सेभद सप्तरी, सप्तरी सामुदायिक बिकास केन्द्र लगायतका ६० जना स्वयमसेवकहरूको सहभागिता रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राबिधिक रामाप्रसाद साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ