News Category 2076/04/08
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता तिलाठी कोइलाडी गाउँपालिका डुवानमा
दैनिक समाचारदाता
राजविराज ८ साउन ।
बुधबार बिहानैदेखी परेको अविरल वर्षाका कारण सप्तकोशी नदी र खाडो खोलमा आएको बाढीमा परि दुई जना वेपत्ता भएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाडो खोलामा बिहान दाउरा संकलन गर्न गएका एक व्यक्ति खोलामै वेपत्ता भएका छन् । दाउरा संकलन गर्दै गर्दा अचानक खाडो खोलामा आएको बाढीले स्थानिय नसिर मियाँलाई बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।

यस्तै जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित कोशी नदी छेउ पलारमा भैसी चराउन गएका स्थानिय बालेश्वर मुखियालाई नदीले बगाएको स्थानियहरुले बताएका छन् । मुखिया भैसी चराउन नदी छेउमा गएको बेला बाढीले उनीसहित भैसीसमेतलाई बगाएर वेपत्ता बनाएको उनीहरुको भनाई छ ।

तर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले एक व्यक्ति भैसी चराउन कोशी नद्यी छेउ पलारतर्फ गएको सूचना आएको तर, उनी घर नफर्किएको जानकारी आए लगत्तै सो घटनाबारे यथार्त बुझ्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
यता बुधबार बिहानैदेखी परेको अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सप्तकोशी, खाडो, महुँली, जिता, त्रियुगा, खड्कलगायतका नदी, खोलाहरुमा पानीको बहाव उच्च रहेको छ ।

यसैबीच खाडो नदीमा आएको बाढीका कारण जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका कार्यालय डुवानमा परेको छ । सो गाउँपालिकाको अधिकांश घर डुवानमा परेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । अधिकांश घरमा दुईदेखी तिन फिटसम्म पानी पसेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ