News Category 2076/04/08
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता तिलाठी कोइलाडी गाउँपालिका डुवानमा
दैनिक समाचारदाता
राजविराज ८ साउन ।
बुधबार बिहानैदेखी परेको अविरल वर्षाका कारण सप्तकोशी नदी र खाडो खोलमा आएको बाढीमा परि दुई जना वेपत्ता भएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाडो खोलामा बिहान दाउरा संकलन गर्न गएका एक व्यक्ति खोलामै वेपत्ता भएका छन् । दाउरा संकलन गर्दै गर्दा अचानक खाडो खोलामा आएको बाढीले स्थानिय नसिर मियाँलाई बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।

यस्तै जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित कोशी नदी छेउ पलारमा भैसी चराउन गएका स्थानिय बालेश्वर मुखियालाई नदीले बगाएको स्थानियहरुले बताएका छन् । मुखिया भैसी चराउन नदी छेउमा गएको बेला बाढीले उनीसहित भैसीसमेतलाई बगाएर वेपत्ता बनाएको उनीहरुको भनाई छ ।

तर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले एक व्यक्ति भैसी चराउन कोशी नद्यी छेउ पलारतर्फ गएको सूचना आएको तर, उनी घर नफर्किएको जानकारी आए लगत्तै सो घटनाबारे यथार्त बुझ्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
यता बुधबार बिहानैदेखी परेको अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सप्तकोशी, खाडो, महुँली, जिता, त्रियुगा, खड्कलगायतका नदी, खोलाहरुमा पानीको बहाव उच्च रहेको छ ।

यसैबीच खाडो नदीमा आएको बाढीका कारण जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका कार्यालय डुवानमा परेको छ । सो गाउँपालिकाको अधिकांश घर डुवानमा परेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । अधिकांश घरमा दुईदेखी तिन फिटसम्म पानी पसेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ