News Category 2076/04/12
मिथिला देवघर साइकल यात्रा २०७६ साउन २१ देखी
राजविराज÷मिथिला साहित्य कला प्रतिष्ठानको आयोजना तथा मैथिली साहित्य परिषद् राजविराज समेतको सहयोगमा आगामी साउन २१ गतेदेखि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित बिरपुर गाउँबाट सामुहिक ‘मिथिला देवघर साइकल यात्रा २०७६ शुभारम्भ हुने भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको प्राङ्गणमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिथिला देवघर यात्राको उद्देश्यबारे प्रतिष्ठानका सह–सचिव समेत रहेका चर्चित लोकगायक सुभाष बिरपुरियाले जानकारी दिएका छन् ।
मैथिली भाषाको विषयमा थप प्रचार–प्रसार तथा एक–आपसमा सम्वन्ध विस्तारका साथै मैथिली लोकगायन परम्परा एवम् शैलीको आदान–प्रदान र मैथिली भाषा, साहित्य, कला, संस्कृती समेतको क्षेत्रमा जागरण ल्याउने उद्देश्यका साथ यात्रा प्रारम्भ हुन लागेको उनले जानकारी दिए ।
नेपालको मैथिली भाषी क्षेत्र तथा मित्रराष्ट्र भारतको विभिन्न राज्यहरुमा बोलिने मैथिली भाषा बिचको समानताबारे ठाउँठाउँमा विचार मन्थन समेत गरिने उनले जानकारी दिए ।
राजविराजबाट ३ सय ३८ किलोमीटरको दुरीमा रहेको देवघर यात्राकालागि १५ दिनको समय तय गरिएको छ । बिरपुरको गाउँबाट डिहबार थानमा पूजाआजा गरी २७ जना साइकल यात्रीको टोली छिन्नमस्ता शक्तिपीठ हुँदै राजविराजको राजदेवी मन्दिरमा दर्शन पश्चात मैथिली साहित्य परिषद्द्वारा औपचारिक रुपमा साइकल यात्रीहरुलाई शुभकामनासहित विदाई गरिने कार्यक्रम तय भएको प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल ‘भरोसी’ले जानकारी दिएका छन् ।
उनका अनुसार मिथिला देवघर यात्राकालागि चर्चित साहित्यकार एवम् मैथिली अभियन्ता प्राज्ञ धीरेन्द्र प्रेमर्षी, छिन्नमस्ता गाउँपालिका–१ का बिरपुर निवासी ललन कुमार यादव लगायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
यात्रामा सुभाष प्रसाद यादव (बिरपुरिया), नारायण यादव, बद्रीनारायण यादव, सूर्यनारायण यादव, बिसुनदेव यादव, योगेन्द्र प्रसाद यादव, श्यामदेव यादव, सकलदेव यादव, विश्वनाथ यादव, देवेन्द्र यादव, राजा यादव, शंकर यादव, दिलिप यादव, लालबहादुर यादव, भुवनेश्वर यादव, सरोज राम, जयकृष्ण राम, देवकुमार राम, बोकाई राम, दरोगा राम, विरेन्द्र कुमार राम, रामदेव मोची, विनोद राम, हरेराम यादव र प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल सहभागी हुने तय भएको छ । उक्त यात्रामा यात्रीको संख्या अझैं बढ्नसक्ने आयोजक समितिको अनुमान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ