News Category 2076/04/14
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज

दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा पदाधिकारीले नै दुई महिना अघि लगाएको ताला अझै खुल्न सकेको छैन् ।
खेलकुद समितिको कार्यालयमा लगाइएको ताला खुल्न नसक्दा दैनिकी कामकाजका साथै खेलकुद गतिविधि समेत ठप्प हुन पुगेको छ । जेठ ७ गते समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा लगाइएको ताला खोल्ने विषयमा सकारात्मक पहल हुन सकेको छैन् ।
कार्यालय संचालन हुन नसक्दा पूर्वाधार निर्माणका लागि आएको ३५ लाखको बजेट समेत फ्रिज भएपछि खेलाडी र खेल प्रेमि निरास भएका छन् ।
उपाध्यक्ष बर्माको नेतृत्वमा समितिका बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, अहिले सम्म सार्वजनिक नगरिएको २०७१ साल देखिको आयव्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालन गर्नुपर्ने तथा कार्यालय प्रमुख दिनेश भुजेलको सरुवा गर्नुपर्ने लगायतका माग राख्दै समितिको मुख्य गेटमै तालाबन्दी गरिएको छ ।
यता कार्यालय प्रमुख भुजेलले ताला खोलाउन सम्बद्घ निकायले कुनै पहल नगरेपछि तथा खेल गतिविधि र कार्यालयको दैनिक कामकाज समेत ठप्प हुनुका साथै पूर्वाधार निर्माणका लागी आएको ३५ लाखको बजेट पनि फ्रिज भएको बताए ।
जिल्लाको कंचनरुप नगरपालिकामा निर्माण गरिने तय भएको मदन भण्डारी खेल ग्रामका लागी आएको २५ लाख र सप्तकोशी नगरपालिकामा कभर्डहल निर्माणका लागि आएको १० लाख गरी ३५ लाख रुपैया विवादकै कारण फ्रिज भएर गएकोले जिल्लाको खेलकुद क्षेत्रलाई ठुलो घाटा भएको उनको भनाई छ ।
समितिको पदाधिकारीहरुमा हाल दुई गुट देखिएको छ । कुल ११ सदस्यीय समितिमा अध्यक्ष खावासको पक्षमा दुई तथा उपाध्यक्ष बर्माको पक्षमा ९ जना उभिएका छन । एक पक्षले अध्यक्ष अमर खवास र कार्यालय प्रमुख भुजेलको संयुक्त हस्ताक्षरमा समितिको खाता संचालन हुुनुपर्ने अडान लिएका छन भने अर्को पक्षले कोषाध्यक्ष राजेश चौधरी र कार्यालय प्रमुखको संयुक्त हस्ताक्षरमा बैंक खाता संचालन हुनुपर्ने अडान लिएकै कारण विवाद सामाधान हुन नसके हो ।
यता उपाध्यक्ष बर्माले खेलकुद र खेलाडीको हितका लागी विभिन्न माग राखी ताला लगाएकोले राष्ट्रिय खेलकुद परिषदले जायज माग पुरा नगरेसम्म ताला नखोलिने अडान राखे । समिति भित्रको विवाद बारे पटक पटक राष्ट्रिय खेलकुद परिषदमा लिखित र मौखिक जानकारी गराउँदा पनि समस्या साधामनका लागी कुनै चासो नदेखाएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ