News Category 2076/04/15
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
राजविराज नगरपालिकाले सम्पूर्ण वडाका जेष्ठ नागरिकहरुलाई बुधबार सम्मान गरेको छ । नगरपालिकाले १६ वडाका ८० जना बृद्घबृद्घालाई सम्मान गरेको हो ।
राजविराजमा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमबीच ७० बर्ष भन्दा माथिका नगरभित्रका वृद्घबृद्घालाई सम्मान गरेको जनाएको छ ।
नगरपालिका क्षेत्रभित्रका सवै वडाबाट ५÷५ जना ज्येष्ठ नागरिकको छनौट गरी सम्मान गरिएको प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाउनुका साथै छाता, कम्बल र झोला दिएर सम्मानित गरिएको छ । सम्मान पाउनेहरुमा जिल्लाकै सबभन्दा जेठा नागरिक मानिएका १ सय ५ वर्षीय राजेन्द्र यादव सहित ९५ बर्षिय प्रधुमन यादव, ९४ बर्षिय बासुदेव यादव, ९१ बर्षिया फुलझरिया देवी यादव लगायत ८० जना बृद्घबृद्घा छन् ।
कार्यक्रममा बोल्दै प्रमुख यादवले ज्येष्ठ नागरिक राष्ट्र र समाजका अमुल्य निधि भएको भन्दै उनीहरुको सुरक्षा र संरक्षण गर्न स्थानिय तहको तर्फबाट नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्घता ब्यक्त गरे ।
कार्यक्रममा राजविराज नगरपालिकाका सबै १६ वटै वडाका वडाध्यक्षहरु, समाजिक विकास अधिकृत मनोज कुमार यादव, लेखा अधिकृत उमाशंकर यादव, विपद व्यवस्थापन शाखा प्रमुख उमेश यादव लगायतले पनि ज्येष्ठ नागरिकलाई विभिन्न सामग्री सहित सम्मान गरेका थिए ।
कार्यक्रममा सम्मान पाएपछि निकै खुशी देखिएका ज्येष्ठ नागरिकहरुको तर्फबाट पनि आर्शिवाद सहित मेयर यादवलाई फुल, माला, अबिर र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यता कार्यक्रममा सहभागी हुन आएका बृद्घबृद्घालाई यातायात खर्चका साथै भोजनको व्यवस्था समेत नगरपालिकाबाट मिलाईएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ