News Category 2076/04/16
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
सप्तरीको तिलाठीकोईलाडी गाउपालिका वडा ५ बनरझुलाका बाढी प्रभाबित क्षेत्रमा नेभ्लाद्वारा बिहीबार एक दिने पशु स्वास्थ्य शिबिरको आयोजना गरिएको छ ।
नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशन सप्तरीद्वारा आयोजित तथा तिलाठी गाउपालिकाको संयोजनमा उक्त शिबिरको आयोजना गरिएको हो ।
शिबिरमा त्यस क्षेत्रका गाई, भैंसी, बाख्रामा बाझोपन, पेट बिग्रिन नदिन, घाउ लाग्न नदिन, भिटामिनको कमि, मिनरलको कमि, क्याल्सियमको कमि हुन नदिनको लागि पशुको उपचार गरि १ सय ६७ जना किसानलाई विभिन्न किसिमको औषधी बितरण गरिएको छ ।
बनरझुलाका ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार गरिएको छ भने ३ सय १७ वटा बाख्राहरूलाई रोग लाग्न नदिनका लागि सुई लगाईएको पशु चिकित्सक प्रमेश्वर यादबले जानकारी दिएका छन् ।
शिबिरमा राजबिराजसहित जिल्लाका बिभिन्न एग्रोभेट, केन्द्रिय नेभ्ला तथा जिल्लाको प्राबिधिकहरूको ३० हजार रकम बराबरको सहयोगमा पशुको औषधी बितरण गरिएको हो ।
उक्त स्वास्थ्य शिबिरमा पशु चिकित्सक प्रमेश्वर यादब, महेन्द्र यादब, अमरेन्द्र झा, रामकुमार यादब, बिराजी मेहता लगायतले पुस चौपायाँको उपचार गरेका थिए ।
बाढीको बेला गाई बस्तुहरूमा हुन सक्ने सम्भाबित रोगहरूवाट जोगाउनको लागि एक दिनको शिबिर आयोजना गरिएको पशु प्राबिधिक तथा नेपाल पारा भेटेनरी लाईफभष्ट एसोसिएसन प्रदेश २का ईन्चार्ज प्रमेश्वर यादबले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ