News Category 2076/04/16
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
बर्षेनी बाढीका कारण सप्तरीवासी डुबानको समस्या झेल्दै आएको तथा प्रकोप नियन्त्रणका लागी पूर्व तयारी र बाढी बिनाशपछि गरिने राहत वितरण कार्य प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गर्दै सतारुढ दल नेकपा सप्तरीले आफ्नै दलका प्रधानमन्त्रीलाई ध्यानार्षण पत्र बुझाएको छ ।
सरकारको ध्यानाकर्षणका लागि विभिन्न माग राख्दै नेकपा सप्तरीका नेता तथा कार्यकर्ताले बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, सचिव तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपाने र नेकपा प्रदेश २ का सदस्य सुखराम यादव लगायतको नेतृत्वमा पार्टी कार्यकर्ताहरुले विहिबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए ।
ज्ञापनपत्र मार्फत तत्काल बाढीको समस्या र राहत बितरणलाई प्रभावकारी, व्यवस्थित गर्न र अनुगमन गर्न माग समेत गरिएको छ ।
बाढीका कारण यस वर्ष सप्तरीमा एक जनाको बगेर मृत्यु तथा एक जना अझै वेपत्ता हुनुका साथै चट्याङले तिन जनाको ज्यान गएको उल्लेख गर्दै मृतक परिवारलाई आवश्यक क्षतिपुर्ती तथा जिल्लाका १८ वटै स्थानिय तहमा विपद व्यवस्थापन समिति गठन गरी सक्रिय बनाउन र राहत तथा उद्घार कार्यमा राजनीतिक दलहरुसँग समन्वय र सहकार्य गर्न÷गराउन माग गरिएको छ ।
यस्तै बाढीले भत्काएका विभिन्न स्थानका बाँध र संरचनाको पुर्णनिर्माण, क्षतिग्रस्त सडक, नहर, बिजुली, खानेपानी लगायतका आवश्यक सेवाको अबिलम्ब मर्मत गरी अवरुद्घ सेवाहरुको संचालन गर्न ध्यानाकर्षण गराएको छ ।
यस्तै बाढीले कृषि क्षेत्रमा ठुलो क्षति पु¥याएको उल्लेख गर्दै ध्यानाकर्षण पत्र मार्फत कृषकलाई राहत अनुदान र सहज ढंगले रसायनिक मल अबिलम्ब उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा चुरे क्षेत्रको अनियन्त्रित दोहन रोक्न नसक्दा बर्षौ देखि त्यस क्षेत्र हुँदै वग्ने नदी र खोलाको बाढीले ठुलो जनधनको क्षति गर्ने गरेको उल्लेख गर्दै चुरे क्षेत्र संरक्षणका लागी ठोस कदम चाल्नुपर्ने माग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ