News Category 2076/04/17
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
जिल्ला बार इकाईले जिल्ला न्यायाधिश श्रीप्रसाद संजेलको एक कार्यक्रम बिच शुक्रबार बिदाई तथा सम्मान गरेको छ ।
राजबिराजमा आयोजित जिल्ला बार ईकाइ सप्तरीले न्यायाधिश संजेलले निष्पक्ष न्याय सम्पादन कार्यमा छिटोछरितो तथा बिना भेद्भाव जनतालाई न्याय दिलाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जिल्ला बार ईकाई अध्यक्ष डोमन साहले बताए ।
बिदाई भएर जाने न्यायाधिश संजेलले न्यायपालिकाको स्वतन्त्रता न्यायिक सुशासन बनाउन आफु प्रतिबद्ध रहेको बताउदै जनतालाई छिटोछरितो न्याय दिलाउनमा बारले खेलेको भुमिका र सहयोग बिर्सन नसकिने जिकिर गरे ।
सो अवसरमा बोल्दै बार अध्यक्ष डोमन साहले अदालतले न्याय सम्पादनलाई अझ चुस्त दुरूस्त बनाई जनतालाई न्यायमा पहुँच दिलाउनु अहिलेको आबश्कता रहेको बताए ।
संविधान, कानुन र न्यायको मान्यता, सिद्वान्त, प्रति उत्तरदायित्व रहेर जनतालाई छिठो छरितो र गुणस्तरिय न्यान सम्पादन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उच्च अदालत जनकपुर राजबिराज ईजलास बार एसोसिएसन सप्तरीका अध्यक्ष रामानन्द साहले मुद्दाको शिघ्र फर्छाैट गर्नु, न्यायिक काम कारवाही तथा मुद्दाको फैसलामा गुणस्तरियता अभिबृद्वि गर्नु, बिवाद समाधानका बैकल्पिक उपायहरूको प्रयोगलाई प्रभाकारी बनाउनुपर्नेमा जोड दिए ।
सो अवसरका अधिबक्ता कृपानँद यादब, रामप्रसाद गौतम, सुरेन्द्र प्रसाद यादब, रामकुमार यादब, ग्रीषचन्द्र झा, महेश प्रसाद साह, शंभु यादब, पत्रकार माला कर्ण लगायतले न्यायमा जनताको पहँुच अभिबृद्वीसँगै अदालतको कार्यक्षेत्रका न्यायमा पहुँचका अबरोधहरूको संबोधन गर्नुको साथै अदालतवाट प्रभाव हुने सेवालाई गुणस्तरिय र प्रभाबकारी बनाउनु अहिले आबश्यकता रहेको बताए ।
सो अवसरमा न्यायाधिश सजेललाई जिल्ला बारका अध्यक्ष डोमन साहले गम्छा ओढाएर मायाको चिनो प्रदान गरि सम्मान समेत गरे । न्यायाधिश सजेल आफ्नो दुई वर्षे कार्यकाल कुशलतापूवर्क सम्पन्न गरि जिल्ला अदालत सप्तरीबाट काठमाडौैं जिल्ला अदालत सरुवा भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ