News Category 2076/04/18
मेलम्ची खानेपानी आयोजनामा शम्भुनाथका दाजुभाईको मृत्यु
.jpg)
राजविराज÷मेलम्ची खानेपानी आयोजना बालाजुमा कार्यरत सप्तरीका दुई कामदारको ट्यांक सफा गर्ने क्रममा मृत्यु भएको छ । दुबै कामदार दाजुभाई हुन् ।
शुक्रवार काठमाडौंको बालुजामा ट्यांक सफा गर्ने क्रममा चिप्लिएर लड्दा निसासिएर सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटीका २३ वर्षका सुरेश साह र २१ वर्षका शिवकान्त साहको मृत्यु भएको स्थानिय रामचन्द्र साहले जानकारी दिएका छन ।
सो आयोजनामा बुवा रामबिलास साह एक महिनादेखी तथा सुरेश र शिवकान्त समेत १० दिनदेखी बुबासँगै काम गरिरहेका थिए । शुक्रवार बुवा पनि त्यही क्षेत्रमा काम गरिरहेका थिए ।
दुबै दाजुभाइ बिदेश जानका लागी नागरिकता बनाएर पासपार्ट समेत लगाई केही समय काम गर्नका लागी घरवाट १० दिन अगाडी मात्र काठमाडौ गएका थिए ।
दुई मात्र छोरा रहेकोले एक्कासी मृत्यु भएको खबर सुनेपछि आमा रामबति साह मुर्छित भएकी छिन । सुरेश र शिवकान्तको मृत्युको खवरले कनकपटी गाउँ नै शोकमा डुबेको छ । स्थानिय तथा वडा अध्यक्ष दुर्गानन्द भगतले दुबै दाजुभाई अत्यन्तै मिलनसार स्वभावका रहेको बताए ।
यता राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य दिनेश कुमार यादब सुरेश र शिवकान्तको घरमै पुगेर परिवारजनलाई सान्त्वना दिँदै भावपूर्ण श्रदाञ्जली व्यक्त गरेका छन् । उनले नेपाल सरकारसँग मृतक परिवारजनलाई क्षतिपुर्तिको दिन माँग समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ