News Category 2076/04/19

उपसभामुखद्वारा किरिया खर्च प्रदान

दैनिक समाचारदाता

उपसभामुखद्वारा किरिया खर्च प्रदान

र्दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
    प्रदेश नं. २ का उपसभामुख उपमा देवले मलेठ घटनाका शहिद पिताम्बर मण्डलका बुबा स्व. गोसाई मण्डलको ११ औं पुण्यतिथिमा आइतबार किरिया खर्च वापत ११ हजार नगद प्रदान गरेका छन् । 
    राजविराज वडा नं. ९ मलेठस्थित घरमा पुगि उपसभामुख देवले स्व. मण्डलकी पत्नीलाई सो नगद हस्तारण गरेकी हुन् । 
    सो अवसरमा समाजवादी पार्टीका नेता लक्ष्मण यादव, राजपाका अध्यक्ष मण्डलका सदस्य हरेराम यादव लगायतको सहभागिता रहेको थियो । 
    यसअघि राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले १५ हजार तथा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले २५ हजार किरिया खर्च वापत रकम प्रदान गरेका थिए । 
 

प्रतिकृया दिनुहोस