News Category 2076/04/19
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप
र्दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
शसस्त्र प्रहरी बल ७ नं. गण हेडक्वाटर सिरहामा कार्यरत जवान बिजयकुमार यादबलाई डियुटीमै रहेको बेला बिना कारण ईन्सपेक्टर सियाराम चौधरीले फाईट, लात, बुटले मरणासन्न कुटपिट गरेको आरोप लगाइएको छ ।
गत अषार २५ गते बिहान ७ बजे प्रहरी निरिक्षक चौधरीले डियुटीमै रहेको बेला कार्यालयमा बोलाई बिना कारण सबै कर्मचारीको अगाडी हातले घाँटी च्यापी, लात, बुट, फाईटले कुटपिट गरेको पीडित जवान बिजयको आरोप छ ।
कुटपिटले बायाँ कानको झिल्ली समेत फु्टने गरि हिर्काएपछि कानको सुन्ने शक्तिमा नास भएपछि उनी बेहोस भएका थिए । उनलाई तत्कालै सिरहा अस्पताल पु¥याएपनि अबस्था गम्भिर भएपछि नोबेल अस्पताल बिराटनगरको आईसियुमा उपचारका लागि भर्ना गरिएको थियो ।
ईन्सपेक्टर चौधरीले मरणासन्न कुटपिट गर्दै कसैलाई उजुरी गरिस भने जागिर खाईदिने, ज्यान मारी जंगलमा फाली दिने धम्मी दिएको पीडित यादबको आरोप छ ।
यस बारेमा सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर सिरहाका बरिष्ठ प्रहरी उपरिक्षक गणेश छाडा मगरलाई चौधरीलाई कारवाही गर्नका लागि निवेदन दिएपनि निवेदन दर्ता नगरी उल्टै तिम्रो जागिर जान सक्छ, कार्यवाहीमा पर्छस, चुपलागेर बस धम्मकाउदै गाली गरेको उनले बताए ।
यता जवान यादवले बिवाह अगाडि श्रीमतीसँग ईन्सपेक्टर चौधरीको अबैध सम्बन्ध रहेको आरोप लगाएका छन् । सप्तरी शम्भुनाथ नगरपालिका १ बस्ने ३२ बर्षिय बिजय यादब सिरहा नवराजपुर गाउपालिका डेकहा बस्ने सोनु कुमारी यादबसँग २०७१ सालमा बैवाहिक सम्बन्धमा बाधिएका थिए । सोही ठाउँका लक्ष्मीपुर बसाइर गाउँपालिकाका सीतापुर टोलका ईन्सपेक्टर सियाराम चौधरीको घर पनि छ ।
यता उपचारको खर्च समेत नदिई, हेडक्वाटर हाजरी हुन जादाँ एससपी मगरले मलाई धम्काउदै गाली गरेको उनले बताए । पीडक ईन्सपेक्टर चौधरीलाई बिभागिय कार्यवाही गरि जागिर सुरक्षितसँगै जिउ ज्यानको सुरक्षा ग्यारेन्टी र डियुटी ज्वाईन गराईदिन सम्पुर्ण संचारकर्मिहरूसँग उनले आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ