News Category 2076/04/22
तीन जिल्ला न्यायाधिशलाई बिदाई तथा सम्मान
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरी जिल्ला बार इकाई राजविराजले जिल्ला अदालतका तीन जना न्यायाधिशलाई मंगलबार बिदाई तथा सम्मान गरेको छ ।
जिल्ला न्यायाधिशत्रय हरिशचन्द्र ढुंगाना, कमल प्रसाद ज्ञवाली र दण्डपानी लामिछानेको सरुवा भएपछि बारले एक कार्यक्रमबीच उनीहरुलाई बिदाईका साथ सम्मान गरेको हो ।
जिल्ला बारको भवनमा आयोजित कार्यक्रममा सरुवा भएका न्यायाधिश हरिशचन्द्र ढुंगानाले जागिर अवधीको सप्तरी बसाईका क्रममा न्याय सम्पादनमा केन्द्रित भएर आफूहरुले काम गरेको बताउँदै न्यायपालिकाप्रति अहिले जनआस्था बढेको दाबी गरे ।
उनले आफ्नो कार्यकालमा न्यायसम्पादनलाई चुस्तदुरुस्त र पारदर्शी गर्न सक्दो प्रयास गरेको बताए ।
आयोजित जिल्ला कार्यक्रममा न्यायाधिशहरुले निष्पक्ष न्याय सम्पादन कार्यमा छिटोछरितो तथा बिना भेद्भाव जनतालाई न्याय दिलाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जिल्ला बार ईकाई अध्यक्ष डोमन साहले बताए ।
बारका अध्यक्ष साहको अध्यक्षतमा आयोजित कार्यक्रममा अधिबक्ताहरु कृपानारायण यादब, सुरेन्द्र प्रसाद यादब, रामकुमार यादब, ग्रीषचन्द्र झा, भुपेन्द्र नारायण मण्डल, महेश्वर साह, केशव दास, उच्च अदालत बार इकाईका अध्यक्ष रामानन्द साह, लगायतले न्यायमा जनताको पहँुच अभिबृद्वीसँगै अदालतको कार्यक्षेत्रका न्यायमा पहुँचका अबरोधहरूको संबोधन गर्नुको साथै अदालतवाट प्रभाव हुने सेवालाई गुणस्तरिय र प्रभाबकारी बनाउनु अहिले आबश्यकता रहेको बताए ।
सो अवसरमा न्यायाधिशत्रयलाई जिल्ला बारका अध्यक्ष डोमन साहले गम्छा ओढाएर मायाको चिनो प्रदान गरि सम्मान समेत गरे ।
यसअघि न्यायाधिश श्रीप्रसाद संजेल समेतलाई बारले बिदाई तथा सम्मान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ