News Category 2070/11/06
गोली प्रहारबाट एक महिला गम्भिर, घटनाको बाणिज्य संघद्वारा भत्र्सना
दैनिक संवादादता
राजविराज, ६ फागुन ।
सप्तरीको भारदह गाविसमा सोमबारराति गोली प्रहार हुँदा एकजना महिला गम्भिर घाइते भएकी छिन् ।
हतियारसहित डकैती गर्न आएका तीन जना युवकले सप्तरीको भारदह चौकस्थित रामविलास किराना पसलमा राती साढे ७ बजे गोली प्रहार गरेका छन् ।
पसलधनी रामविलास साहकी ५० वर्षिया श्रीमती ललितादेवी साहमाथि सो समुहले गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट घाइते भएकी साहको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको भारदह–पोर्ताहा ब्यापार संघका अध्यक्ष कुन्दनकुमार मण्डलले जानकारी दिनुभयो ।
हतियारसहित पसल छिरेका ती समुहमध्ये एक जनाले हिन्दी भाषामा चुरोटको मोल सोधेको र कुरा नमिलेपछि ललितादेवी साहको छातीमा एक राउण्ड गोली प्रहार गरी भारदह गाविसको कार्यालयहुूदै अन्यत्र फरार भएको पीडित परिवारले बताएका छन् ।
यसैबीच इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर दीपक कार्की नेतृत्वको टोलीले राती नै घटनास्थलबाट प्वाइन्ट दुई दुईको एक थान गोलीसमेत बरामद गरेको छ । घटनाको अनुसन्धान भईरहेको र फरार डाूकाको खोजीकार्य तिब्र भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय भारदहदेखि सय मिटर पश्चिम रहेको र घटनास्थल वरिपरि नै प्रहरीको चौबिस घण्टै सुरक्षागस्ती रहेको अवस्थामा हतियारधारी समुहले पसलमा छिरेर पसलधनीमाथि गोली प्रहार गर्नुले जिल्लाको सुरक्षा ब्यवस्थामा प्रश्नचिन्ह उठेको स्थानीय ब्यापारीहरुको भनाई छ । घटनास्थल क्षेत्रका ब्यापारीहरुले आफुहरुलाई सुरक्षा प्रदान गर्नसमेत माग गरेका छन् ।
यसैबीच सप्तरी उद्योग बाणिज्य संघले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै घटनाको भत्र्सना गरेको छ । संघका उद्योग उपाध्यक्ष शंकर प्रसाद दासद्वारा जारि विज्ञप्तिमा घटनास्थलको छेउमै रहेको प्रहरी चौकी रहदा समेत यस्तो घटना हुनु अतयन्त दुःखदायी भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ