News Category 2076/04/26
सेनाको ग्रासरुट फुटवलमा बालबालिकाको आकर्षण बढ्दोे
राजविराज÷राजविराजस्थित नेपाली सेनाको भिमदल गणले गत हप्तादेखी सुरु गरेको ग्रास रुट फुटवल कार्यक्रमका कारण बालबालिकाहरुको आकर्षण बढिरहेको छ ।
बालबालिकाहरुलाई स्वस्थ्य, अनुशासित र सक्षम नागरिक बनाउने उद्देश्यले ६ देखि १२ वर्ष सम्मका स्कुले बालबालिकालाई लक्षित गरेर भिमदल गणले गत साउन ४ गतेदेखि सुरु गरेको ‘ग्रास रुट फुटवल कार्यक्रम’ मा बालबालिकाहरुको आकर्षण बढ्दो छ ।
शनिबार विदाको दिनको सदुपयोग गर्दै स्कुले बालबालिकाहरु पनि सो खेलमा रमाइरहेका छन् । जिल्लाका विभिन्न विद्यालयका हाल सम्म ५१ जना छात्रछात्रा सहभागी भईसकेका छन् भने त्यो संख्या दैनिक बढीरहेको सेनाका प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए ।
शिक्षासँगै खेलकुदको माध्यमले बालबालिकालाई अनुशासित, साहसिक र सक्षम नागरिक बनाउन यस्तो कार्यक्रम संचालनमा ल्याएको जानकारी दिदै उनले बढदो सहभागीताले आफुहरु पनि उत्साहित भएको बताए ।
विद्यार्थीको पढने समय र बातावरण मिलाई विदाका दिन हरेक साताको शनिबार विहान ८ बजे देखि १० बजे सम्म संचालन हुने ग्रासरुट फुटवल कार्यक्रममा हाल सम्म ६ वटा विद्यालयका ५१ जना बालबालिका सहभागी भएको तथा थप विद्यालयहरुबाट पनि बालबालिकाको नाम दर्ताका लागी आउने क्रम जारी रहेको गणका कार्य अधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिए ।
बालबालिकामा फुटवलप्रति देखिएको रुची र खेलप्रति अभिभावकको साकारात्मक धारणाका कारण सहभागी हुनेको संख्या बढदै गएको उनको बुझाई छ ।
विभिन्न विद्यालयबाट आएका छात्रछात्राहरुलाई छनौट गरी विदाका दिन साताको शनिबार प्रशिक्षणमा सहभागी गराईदै छ । सहभागीहरुलाई गणका ४ जना तथा जिल्ला फुटवल संघका रमेश श्रेष्ठ, प्रज्जवल सिंह सेवा, राजकुमार परियार लगायत ७ जना प्रशिक्षकले प्रशिक्षण दिई रहेका छन् ।
जिल्लामा पहिलो पटक सेनाद्वारा संचालन गरिएको ग्रासरुट फुटवल कार्यक्रमले विद्यालयका छात्रछात्रामात्र होईन अभिभावक पनि निकै उत्साहित भएका छन् । स्थानिय अभिभावक दिपेन्द्र चौधरीले भने, अहिले फुटवल र क्रिकेट लगायतका खेलमा पनि भविष्य छ, अर्को तर्फ गणभित्रको अनुशासित बातावरणका पनि आफना नानीलाई प्रशिक्षणमा सहभागी हुन पठाएका छांै ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ