News Category 2076/04/26
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ स्थित बाढी प्रभावित क्षेत्र अन्तर्गत पोर्ताहामा एक शनिबार दिने पशु स्वास्थ्य शिबिरको आयोजना गरिएको छ ।
नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसन सप्तरीद्वारा आयोजित तथा हनुमाननगर कंकालनी नगरपालिकाको संयोजनमा उक्त शिबिरको आयोजना गरिएको हो ।
शिबिरमा त्यस क्षेत्रका गाई, भैंसी, बाख्रामा बाझोपन, पेट बिग्रिन नदिन, घाउ लाग्न नदिन, भिटामिनको कमि, मिनरलको कमि, कयाल्सियमको कमि हुन नदिनको लागि पशुको उपचार गरि २ सय ५० जना किसानलाई विभिन्न किसिमको औषधी बितरण गरिएको छ ।
पोर्ताहाका १ हजार २४ पशु चौपायालाई प्राथमिक उपचार गरिएको छ भने २ सय वटा बाख्राहरूलाई रोग लाग्न नदिनका लागि सुई लगाईएको पशु चिकित्सक प्रमेश्वर यादबले जानकारी दिएका छन् ।
शिबिरमा राजबिराजसहित जिल्लाका बिभिन्न एग्रोभेट, केन्द्रिय नेभ्ला तथा जिल्लाको प्राबिधिकहरू को ६० हजार बराबरको सहयोगमा पशुको औषधी बितरण गरिएको थियो ।
उक्त स्वास्थ्य शिबिरमा पशु चिकित्सक प्रमेश्वर यादब, महेन्द्र यादब, अमरेन्द्र झा, रामकुमार यादब, बिराजी मेहता लगायतले पुस चौपायाँको उपचार गरेका थिए ।
बाढीको बेला गाई बस्तुहरूमा हुन सक्ने सम्भाबित रोगहरूवाट जोगाउनको लागि एक दिनको शिबिर आयोजना गरिएको पशु प्राबिधिक तथा नेपाल पारा भेटेनरी लाईफभष्ट एसोसिएसन प्रदेश २ का ईन्चार्ज समेत रहेका प्रमेश्वर यादबले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ