News Category 2076/04/26

लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड

दैनिक समाचारदाता

लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 
    बरिष्ठ पत्रकार तथा आरक्षण बचाउ अभियानका अभियन्ता रामरिझन यादबले लोकसेवा आयोगलाई समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्था मार्फत प्रवेश पाउनु पर्ने बताएका छन् । 
    आरक्षण बचाउ आन्दोलन समितिद्वारा आईतवार राजविराजमा आयोजित लोकसेवा आयोगको बिभेदपूर्ण बिज्ञापनको बिरोधमा अन्तरक्रियात्मक प्रवचन कार्यक्रम उनले सो कुरा बताएका हुन् । 
    आरक्षण बचाउ अभियान मार्फत बिभेदमा परेका सम्पुर्ण बिद्याथीहरूले लोकसेवालाई समाबेशी बनाउन सशक्त भएर बढ्नुको बिकल्प नरहेको उनले बताए ।
    अभियन्ता यादबले मुलुकमै एक तिहाई जनसंख्या भएका मधेशमा लोकसेवा एउटा कार्यालय जलेश्वरमा मात्र रहेको बताउदै राज्यले लोकसेवा पाठ्यक्रम सबै नेपाली र त्यसमा लोकसेवा आयोगको प्रश्न बनाउदै पहाड र हिमाल कै बिषयबस्तुको समाबेश गरेको कारण मधेशका बिद्यार्थी आयोग पास गर्न नसकेको तर्क दिए । 
    आ–आप्mनो ठाउँबाट आरक्षण बचाउन लोकसेवा आयोगलाई पुर्ण समानुपातिक समावेशीता बनाउन आरक्षण बचाउ अभियानमा एकजुट भएर अगाडी बढनुपर्नेमा उनले जोड समेत दिए । 
    यस्तै सोही कार्यक्रममा आरक्षणका अभियन्ता समेत रहेका तुलानारायण साहले राज्यले लोकसेवाले षडयन्त्रण गरेको बताउदै लोकसेवालाई पूर्ण समावेशी बनाउन सबै दलले राजनीतिक ऐजेन्डा बनाउनु पर्ने आबश्यक रहेको जिकिर गरे । 
    राज्यले लोकसेवा कार्यालय स्थापनामा पनि विभेद गरेको आरोप लगाउँदै उनले जनसंख्या आधारमा कार्यालयमा नराखी न्यून जनसंख्याका भएका जिल्लामा कार्यालय स्थापना गरेको बताए ।
    कार्यक्रममा निजामति कर्मचारीहरूको ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले प्रचलित ऐन, नियम र कानुनमा भएको ब्यबस्था बमोजिम लोकसेवाको बिज्ञापन गर्नुपर्ने बताउदै लोकसेवाको महत्व वारेमा बिद्यार्थीहरूलाई सुसुचित गराउनुपर्ने जोड दिए । उनले लोकसेवा प्रशिक्षणको कक्षाहरू संचालन गर्नुपर्ने बताउदै त्यसका लागि सबै सम्बन्धी पक्षको पहल गर्नु अहिलेको आबश्यक रहेको जिकिर गरे । 
    कार्यक्रममै राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु कुमार यादबले लोकसेवा आयोगले संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र गर्दै विज्ञापन प्रकाशन गरेकोले आउने दिनहरुमा सरकारले विभेद गरे सशक्त भएर अगाडी बढाउनुपर्ने बताए ।
    समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई समेत आयोगले कुण्ठित पारेको अध्यक्ष यादबले आरोप लगाए ।
    संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमन तिर धकेल्न खोजेको राजपा नेपाल निकट बिद्यार्थी संघका अध्यक्ष यादबले आरोप छ ।
    जिल्ला समाजवादी बिद्यार्थी फोरमका जिल्ला अध्यक्ष संजय कुमार यादबले महिला, दलित, मधेशी, थारु, जनजाति, मुस्लिम समेतलाई राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको बताए ।
    सो अवसरमा आरक्षण बचाउ अभियानका सशक्त बनाउन मधेशका अभियन्ता बिकास तिवारीलाई संयोजक तोकिएको छ ।
 

प्रतिकृया दिनुहोस