News Category 2076/04/26
लोकसेवालाई समानुपातिक समावेशीता बनाउनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
बरिष्ठ पत्रकार तथा आरक्षण बचाउ अभियानका अभियन्ता रामरिझन यादबले लोकसेवा आयोगलाई समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्था मार्फत प्रवेश पाउनु पर्ने बताएका छन् ।
आरक्षण बचाउ आन्दोलन समितिद्वारा आईतवार राजविराजमा आयोजित लोकसेवा आयोगको बिभेदपूर्ण बिज्ञापनको बिरोधमा अन्तरक्रियात्मक प्रवचन कार्यक्रम उनले सो कुरा बताएका हुन् ।
आरक्षण बचाउ अभियान मार्फत बिभेदमा परेका सम्पुर्ण बिद्याथीहरूले लोकसेवालाई समाबेशी बनाउन सशक्त भएर बढ्नुको बिकल्प नरहेको उनले बताए ।
अभियन्ता यादबले मुलुकमै एक तिहाई जनसंख्या भएका मधेशमा लोकसेवा एउटा कार्यालय जलेश्वरमा मात्र रहेको बताउदै राज्यले लोकसेवा पाठ्यक्रम सबै नेपाली र त्यसमा लोकसेवा आयोगको प्रश्न बनाउदै पहाड र हिमाल कै बिषयबस्तुको समाबेश गरेको कारण मधेशका बिद्यार्थी आयोग पास गर्न नसकेको तर्क दिए ।
आ–आप्mनो ठाउँबाट आरक्षण बचाउन लोकसेवा आयोगलाई पुर्ण समानुपातिक समावेशीता बनाउन आरक्षण बचाउ अभियानमा एकजुट भएर अगाडी बढनुपर्नेमा उनले जोड समेत दिए ।
यस्तै सोही कार्यक्रममा आरक्षणका अभियन्ता समेत रहेका तुलानारायण साहले राज्यले लोकसेवाले षडयन्त्रण गरेको बताउदै लोकसेवालाई पूर्ण समावेशी बनाउन सबै दलले राजनीतिक ऐजेन्डा बनाउनु पर्ने आबश्यक रहेको जिकिर गरे ।
राज्यले लोकसेवा कार्यालय स्थापनामा पनि विभेद गरेको आरोप लगाउँदै उनले जनसंख्या आधारमा कार्यालयमा नराखी न्यून जनसंख्याका भएका जिल्लामा कार्यालय स्थापना गरेको बताए ।
कार्यक्रममा निजामति कर्मचारीहरूको ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले प्रचलित ऐन, नियम र कानुनमा भएको ब्यबस्था बमोजिम लोकसेवाको बिज्ञापन गर्नुपर्ने बताउदै लोकसेवाको महत्व वारेमा बिद्यार्थीहरूलाई सुसुचित गराउनुपर्ने जोड दिए । उनले लोकसेवा प्रशिक्षणको कक्षाहरू संचालन गर्नुपर्ने बताउदै त्यसका लागि सबै सम्बन्धी पक्षको पहल गर्नु अहिलेको आबश्यक रहेको जिकिर गरे ।
कार्यक्रममै राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु कुमार यादबले लोकसेवा आयोगले संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र गर्दै विज्ञापन प्रकाशन गरेकोले आउने दिनहरुमा सरकारले विभेद गरे सशक्त भएर अगाडी बढाउनुपर्ने बताए ।
समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई समेत आयोगले कुण्ठित पारेको अध्यक्ष यादबले आरोप लगाए ।
संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमन तिर धकेल्न खोजेको राजपा नेपाल निकट बिद्यार्थी संघका अध्यक्ष यादबले आरोप छ ।
जिल्ला समाजवादी बिद्यार्थी फोरमका जिल्ला अध्यक्ष संजय कुमार यादबले महिला, दलित, मधेशी, थारु, जनजाति, मुस्लिम समेतलाई राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको बताए ।
सो अवसरमा आरक्षण बचाउ अभियानका सशक्त बनाउन मधेशका अभियन्ता बिकास तिवारीलाई संयोजक तोकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ