News Category 2076/04/27
चन्दा उठाएर भारोत्तोलन खेलाडी प्रतियोगितामा सहभागि हुन प्रस्थान
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
काठमाडौंमा साउन २८ गतेदेखी सुरु हुने सुनिललाल जोशी मेमोरियल राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सहभागि हुनका लागि चन्दा उठाएर ११ खेलाडीसहित १२ सदस्यीय भारोत्तोलन सप्तरी टोली सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका पदाधिकारीबीचको विवादले खेलकुद गतिविधि ठप्प प्राय बनेको छ भने अन्यत्रको जिल्लामा हुने महत्वपूर्ण प्रतियोगितामा सहभागि हुन आवश्यक रकमका लागि यहाँका खेलाडी चन्दाको सहारा लिनुपर्ने अवस्था आएको छ ।
जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा जेठ ४ गतेदेखी भएको तालाबन्दी अहिलेसम्म खुलेको छैन् ।
कार्यालयनै बन्द रहेका कारण खर्च जुटाउन नसकेपछि आर्थिक सहयोग संकलन गरि खेलाडी लिएर काठमाडौंतर्फ जान लागेको भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले सुनाए । एक महिना अघिदेखी नै समितिका जिम्मेवार पदाधिकारीहरुलाई प्रतियोगितामा सहभागि हुन आवश्यक खर्च सहयोगका लागि आग्रह गरे पनि कसैले चासो नदेखाउँदा बाध्य भई चन्दा सहयोग संकलन गरि खेलाडीहरुलाई सहभागिका लागि लिएर जान लागेको उनको भनाई छ ।
खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै आएको र महिनौदेखी आफ्नै प्रयासमा अभ्यास गरि प्रतियोगितामा सहभागिताका लागि तयार गरेको बताउँदै उनले जाने बेलामा पनि समितिका पदाधिकारीले कुनै वास्ता नगरेका कारण सहयोग संकलन जुटाएर लानु परेको पीडा सुनाए ।
यता खेलाडी पठाउनका लागि नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले १५ हजार तथा छोटु स्टेश्नरी एण्ड सप्लायर्सले १० हजार रुँपैया सहयोग गरेका छन् ।
आगामी १५ मंसिरदेखी नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता हुने तय भइसकेको छ । भारोत्तोलनका खेलाडी सरिता यादवले सो प्रतियोगितामा स्वर्ण पदक जित्ने र ओलम्पिकमा सहभागि हुने लक्ष्य रहेको बताए । तर, अहिलेको अवस्थाले निराश र दुःखी दुबै बनाएकोले उनी निरास छिन् ।
प्रशिक्षक पुन्तिलाल यादवले भारोत्तोलनका थुप्रै राम्रा खेलाडी रहेको बताउँदै आवश्यक बजेट, खेलकुदमा राजनीति र खेलकुदका पदाधिकारीबीचको विवादका कारण खेलकुद गतिविधि ठप्प भएपछि खेलाडी नै पलायन हुने अवस्था रहेकोमा दुःख व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समितिमा उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु लगायत बहुमत पदाधिकारीले अध्यक्ष अमर खवासले ब्यवस्थापकीय कमजोरी गरेको र लामो समयदेखी समितिको आयव्यय सार्वजनिक नगरेको भन्दै जेठ ४ गते समितिमा तालाबन्दी गरेका थिए । तीन महिना बित्न लाग्दा पनि ताला खोलाउनका लागि कतै कुनै निकायबाट ठोस पहल नभएका कारणले जिल्लामा खेलकुद गतिविधि ठप्प प्राय छ भने खेलाडीहरुमा निरासा छाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ