News Category 2076/04/28
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
चन्दनकुमार यादव
राजविराज, २८ साउन ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका दातापक्ष परिवार विभाजित हुँदा क्याम्पस दिवस स्थगन हुुनुका साथै क्याम्पसमा तालाबन्दी गरिएको छ । तालाबन्दीपश्चात् क्याम्पसमा झडप भएपछि कार्यक्रम नै स्थगन गर्नु परेको छ ।
आफूलाई उपेक्षा गरि एक पक्षिय ढंगले कार्यक्रम आयोजना गरेको भन्दै दाता परिवारका एक पक्षका सदस्यले तालाबन्दी गरेपछि क्याम्पसमा झडप हुँदा मंगलबार मनाइन लागिएको क्याम्पस दिवस सूचना टाँस गरि स्थगन भएको हो ।
बि.स. २०१४ सालमा स्थापना भएको क्याम्पसमा श्रावण शुल्क त्रियोदशीका दिन प्रत्येक वर्ष क्याम्पस दिवस मनाउँदै आएको छ । स्व. बिन्देश्वरी यादवले १ सय १७ विगहा जग्गा क्याम्पसलाई दिएका थिए ।
दाता स्व. यादवका जेठा छोरातर्फका नातिनी बुहारी रेणु यादवलाई मात्र पटक पटक सम्मान गर्ने र प्रमुख अतिथिका रुपमा बोलाउने गरेको भन्दै स्व. यादवका कान्छा छोरातर्फकी नातिनी बुहारी ललितादेवी लता यादव पक्षले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेपछि विवादले उग्र रुप लिएपछि क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्राले दिवस स्थगन गरेको जनाए ।
उनले रेणु यादवलाई प्रमुख अतिथि बनाउने आफ्नो एकल नभई क्याम्पस प्रशासन र कर्मचारी सबैको सामूहिक निर्णय भएको भन्दै अनावश्यक विवाद उठाई कार्यक्रम नै भाँडिएको गुनासो पोखे ।
समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेकी रेणु यादव जग्गादाता स्व. बिन्देश्वरी यादवका जेठा छोरा इन्द्रदेव यादवका एक मात्र छोरा स्व. अशोक यादवकी पत्नी हुन् भने ललितादेवी लता यादव कान्छो छोरा धर्मदेव यादवतर्फका छोरा राजेश यादवकी पत्नि हुन् ।
क्याम्पस दिवसको सम्पूर्ण तयारी पूरा भई मंगलबार क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा रेणु यादवलाई प्रमुख अतिथि बनाउने थाहा पाएर ललिता देवी लता यादव पक्षका मान्छेले नाराबाजी गर्दै तालाबन्दी गरेपछि स्थिति तनावग्रस्त बन्यो ।
तालाबन्दी गर्ने र खोलाउने पक्षबीच झडप नै हुन थालेपछि क्याम्पस प्रमुखले प्रहरी झिकाई स्थिति साम्य पार्ने प्रयास गरेका थिए । तालाबन्दी गर्ने पक्षका नेतृत्व गरेकी ललिता देवी लताले क्याम्पस प्रमुखले दाता परिवारका एक पक्षलाई सम्मान गर्ने र अर्को पक्षलाई अपमान गर्ने गरेका कारण बाध्य भई तालाबन्दीमा उत्रनु परेको आरोप लगाइन् ।
अर्कोतर्फ पूर्व शिक्षा मन्त्री समेत रहेकी दाता परिवारकै अर्का सदस्य रेणु यादवले क्याम्पस प्रशासनले आफूलाई प्रमुख अतिथि बनाउने निर्णय गरेकाले सहभागि हुन आएको भन्दै यसमा अनावश्यक विवाद र बखेडा झिक्नु गलत भएको प्रतिक्रिया दिएकी छिन् ।
यता क्याम्पस दिवसको भब्य तयारी गरिएका बेला दाता पक्षकै विवादका कारण कार्यक्रम स्थगित गरिएकोमा क्याम्पस प्रशासन तथा विद्यार्थीहरुमा निराशा छाएको छ । यता झडपको स्थिति सृजना भएपछि क्याम्पसको स्थापना दिवसमा दाता स्व. बिन्देश्वरी यादवको प्रतिमामा फुलमाला अर्पण गरि सूचना टाँस गर्दै स्थगित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ