News Category 2076/04/30
अग्निपीडितलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा मंगलबार भएको आगलागिबाट पीडित भएकाहरुलाई बुधबार धर्मी हल्फा महिला विकास क्लबले राहत बितरण गरेको छ ।
आगलागिबाट सर्वस्व गुमाई कष्टमा रहेका तिलाठी कोईलाडी गाउपालिका ३ सकरपुरा गाउका अग्नीपीडितहरु महन्थी मुखियाकी पत्नी कलमवति देवी र देवीलाल मुखियाकी पत्नी बेचनी देवीलाई क्लबका अध्यक्ष अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले सो राहत वितरण गरेका हुन् ।
उनले प्रति परिवार त्रिपाल, झुल, धोती, साडी, तन्ना, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु लगायतका राहत सामाग्रीहरु सो संस्ताले बितरण गरे ।
ती परिवारको घरमा आगलागि हुदा पाँच वटा घर तथा घरभित्र रहेका सम्पुर्ण सामानहरु आगोमा जलेर सखाप भएका छन् ।
राहत वितरणको अवसरमा तिलाठी कोइलाडी गाउपालिका उपाध्यक्ष सुचिता यादव, वडा सदस्यहरु दिपक देव र रीता साह, प्रहरी चोकी तिलाठी र बेल्हीका प्रहरी नायब निरीक्षक हरी चौहान, सशस्त्र प्रहरी बल बेल्हिको प्रहरी नायब निरीक्षक हरिराम सिटौला, शिव कुमार मुखिया, राधा देवी खंङ्ग लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ