News Category 2076/05/02
बाढीपीडित परिवारलाई त्रिपालका साथै निःशुल्क स्वास्थ्य जाँच
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
गत असार र साउन महिनाको अबिरल वर्षा र बाढीका कारण प्रभाबित सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका बाढीपीडित परिवारलाई त्रिपाल बितरणका साथै स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
श्रृजनशील युवा समुह तरही र राजविराज लायन्स क्लबले त्रिपाल बितरण गरेको हो ।
तरही माबि परिसरमा आयोजित त्रिपाल बितरण कार्यक्रममा राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालका अध्यक्ष रेखा यादव, राजविराज लायन्स क्लबका अध्यक्ष शंकर सारदा, स्थानीयबासी तथा त्रिबिका उपप्राध्यापक बिनोद कुमार विश्वकर्मा, राष्ट्रिय जनचेतना विकास समाजका अन्सु झा, राखी यादव, विनोद यादव र पत्रकार राजु विश्वकर्मा लगायतले त्रिपाल बितरण गरेका छन् ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठान तथा स्थानीय युवाहरु टेकनारायण साह, चन्द्रभुषण राय, अनिलकुमार यादव, सन्तोष किशोर लाभ, डा रामदेव पडित, राजेश्वर प्रसाद राय, बिनोद कुमार विश्वकर्मा, अशोककुमार ठाकुर लगायतले बाढी पीडितको त्रिपालका लागि आर्थिक सहयोग संकलन गरेको सिर्जनशील युवा समुहका रबिन्द्र कुमार साहले जानकारी दिएका छन् ।
त्यस्तै तरहीका बाढीपीडितलाई लक्षित गरि आयोजना गरिएको निः शुल्क स्वास्थ्य शिबिरमा करिब २ सय ५० जनाले स्वास्थ्य जाँच गराएका छन् । सो अवसर स्वास्थ्य जाँच गराएकाहरुलाई निःशुल्क औषधी तथा महिलाहरुलाई निस्शुल्क सेनेटरी प्याड समेत बितरण गरिएको जनाएको छ ।
तरहीस्थित स्वास्थ्य चौकीमा आयोजित शिबिरमा स्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह लगायतका दिर्घरोगी तथा रुघाखोकी, झाडापखाला लगायतका स्वास्थ्य समस्याबाट पीडितहरुले स्वास्थ्य जाँच गराएको राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालका अध्यक्ष रेखा यादवले जानकारी दिइन् ।
शिबिरमा डा अजय कुमार चौधरी, चन्दन यादव, निरेन्द्र चौधरी लगायतका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ