News Category 2076/05/04
कोशी पीडितहरुको अनसनदेखि तीन जिल्ला ठप्प पार्ने तयारी

दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
कोशी पीडितहरुले गत शनिबारदेखि सुरु गरेको अनिश्चितकालिन रिले अनसनलाई मंगलबार चौथो दिनपनि निरन्तरता दिएका छन् ।
नेपाल भारतबीच बिस २०११ सालमा भएको सम्झौता अनुसार अझै मुआब्जा पाउन नसकेको भन्दै तिन बुँदे मागसहित उनीहरु शनिबारदेखि सप्तकोशी ब्यारेजको कन्ट्रोल रुम नजिकै अनिश्चितकालिन रिले अनसनमा बसेका हुन ।
अनसनको चौथो दिन मंगलबार कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सुनसरी उदयपुर र सप्तरीका सचिव कासिम अंसारी, पूर्व सांसद नागेन्द्र झा, कोशी पीडित उत्थान समाजका सचिव धनश्याम झा, अनिता देवी राय, शिव नारायण मिश्र, नन्द किशोर मण्डल, नासीरा खान, प्रमोद झा, विन्देश्वर मण्डल, किसुनदेव मण्डल, अजय साह, देव नारायण मण्डल, कमली देवी, फुलेश्वरी देवी लगायत डेढ दर्जन कोशी पीडित अनसनमा बसेका छन् ।
संघर्ष समितिका सदस्य अनिता देवी रायले कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गा, बाढीले जग्गा र बालिमा पु¥याएको क्षति, जग्गाको सुरक्षा तथा नेपाल भारत सरकारबीच भएको बहुचर्चित कोशी सम्झौता कार्यान्वयन लगायतका मागसहित रिले अनसनमा बसेको बताइन् । उनले माग पुरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने जानकारी समेत दिइन् ।
उल्लेखित माग सम्बोधन र पहलका लागी गत साउन १३ गते संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर सो उपर पनि कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनको बाटो रोक्नु परेको कोशी पीडित उत्थान सामाजका सचिव संघर्ष समितिका सदस्य धनश्याम झाले बताए ।
कोशी ब्यारेज निर्माणका क्रममा विस्थापनमा परेका सप्तरी, सुनसरी र उदयपुरका हजारौं पिडितहरु दशकौंदेखि मुआब्जा माग्दै संघर्षरत छन् तर, नेपाल र भारत दुवै तर्फका सरकारको उदासिनताका कारण आफुहरु अझै मुआब्जाबाट बञ्चित रहेको भन्दै तिनै जिल्लाका कोशी पीडितहरु संगठित भई एउटै समिति बनाई आन्दोलन अघि बढाउने निर्णय गरेको छ ।
यसबाट पनि सुनुवाई नभए आमरण अनसनदेखि चक्का जाम, सप्तरी सुनसरी र उदयपुर जिल्ला बन्दसम्म लगायतका आन्दोलन कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ