News Category 2070/11/08
मानवअधिकार अनुगमन र प्रलेखन कार्य सम्पन्न गरेका सप्तरीका पोखरेल सर्वोत्कृष्ठ
दैनिक संवाददाता
राजविराज, ७ फागुन ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०१३ मा अत्यन्त कुशलतापूर्वक मानवअधिकार अनुगमन र प्रलेखन कार्य सम्पन्न गर्नुभएकोमा सप्तरीका मनोहर कुमार पोखरेललाई सर्बोत्कृष्ट पुरस्कार र प्रशंसापत्रसहित नगद रु १० हजार प्रदान गर्नुृभएको छ ।
नेपाल मानवअधिकार वर्षपुस्तक २०१४ बुधबार ललितपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विमोचन गर्नभयो ।
कार्यक्रममा मध्यमाञ्चल क्षेत्रबाट रामेछापका नवराज पथिकलाई उत्कृष्ट पुरस्कार र प्रशंसापत्रसहित नगद रु सात हजार प्रदान गरिएको थियो ।
यस्तै विभिन्न विकास क्षेत्रमा भएकोे कार्यक्रममा पूर्वाञ्चलबाट सन्तोष रुचाल, पश्चिमाञ्चलबाट तनहुँका प्रकाशचन्द भट्टराइ, मध्य पश्चिमाञ्चलबाट बर्दियाका मानबहादुर चौधरी र सुदुर पश्चिमाञ्चलबाट वझाङ्गका प्रकाश विकलाई उत्कृष्ट पुरस्कार र प्रशंसापत्रसहित नगद रु सात हजार प्रदान गरिएको इन्सेकले जनाएको छ ।
जावलाखेलको स्टाफ कलेजमा आयोजित कार्यक्रममा वर्षपुस्तक विमोचन गनूृहुँदै पूर्वप्रधानमन्त्री देउवाले मानवअधिकार समाज स्थापना गर्ने सुनिश्चितताका लागि नयाँ संविधानको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा उहाँले भन्नुभयो–‘यसपाली संविधान बनाएरै छाड्छौं । अब पनि बनाउन नसके हामी नालायक पार्टीका रुपमा संसारभरी सावित हुनेछौं ।’ २१औं शताब्दीको मुख्य कुरा नै मानवअधिकारको सुनिश्चिततासहितको नयाँ संविधानको विकल्प नरहेको देउवाको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सम्पन्न भएपनि अझै संस्थागत हुन नसकेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले सन् २०१३ भरीका घटनाहरुलाई हेर्दा सबैभन्दा बढी महिला र बालबालिकाहरु प्रभावित भएको बताउनु भयो । उहाँले भन्न्ुभयो – अन्य व्यापक मानवअधिकार उल्लंघनका घटनाहरुका बाबजुद खिलराज रेग्मी नेतृत्वको सरकारले भने तुलनात्मक रुपमा बाजी मारेको बताउनु भयो ।
इन्सेक अध्यक्ष प्याकुरेलले अहिले राष्ट्रका सामु दण्डहीनता र विभेदको संस्कृति प्रमुख दुई चुनौती रहेको बताउनु भयो । दण्डहीनता अन्त्यका लागि सचेतनाका साथसाथै राजनीतिक नेतृत्वको इच्छाशक्ति आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो–जातीय विभेद बिरुद्धको नागरिक आन्दोलनले मात्रै समाज रुपान्तरण गर्न सक्छ ।
मानवअधिकार आयोगका पूर्व आयुक्त सुशिल प्याकुरेलले कैयौ क्षेत्रमा प्रगति गरेपनि कानुनको शासन पालना गर्ने कुरामा हामी पछाडि रहेको बताउनु भयो ।
इन्सेकको तथ्याङ्क अनुसार मानवअधिकार उल्लङ्घनका ४ हजार ५ सय ११ ओटा घटना सार्वजनिक भएको जानकारी दिनुहुँदै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले ‘मानवअधिकारको सर्वमान्य सिद्धान्त अनुसार सबैै नागरिक भयरहित वातावरणमा बाँच्न पाउने अवस्थाको सुनिश्चितता नभएसम्म मानवअधिकारको अवस्था सकारात्मक नहुने बताउनु भयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/12/30 देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
- 2081/12/30 पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्छ ः नेता रिजाल
- 2081/12/30 राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
- 2081/12/29 “अधिवेशनको सम्पूर्ण तयारी पुरा”
- 2081/12/29 “प्याकुरेललाई कारवाहीको माग”
- 2081/12/29 कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
- 2081/12/27 पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
- 2081/12/27 पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
- 2081/12/27 राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा
- 2081/12/27 कैद सजाय तोकिएका खंग कारागार चलान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ