News Category 2076/05/06
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
प्रत्येक वर्ष कृष्णाअष्टमीका दिन मनाईने भगवान श्रीकृष्णको जन्म उत्सव यस बर्ष पनि विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि मनाईदैछ ।
सो अवसरमा राजविराजमा कतै कलस यात्रा कतै मेला र नाटक मञ्चन त कतै श्रीकृष्णको कलात्मक मुर्ती र भव्य पण्डाल निर्माण गरी पुजा पाठ गर्दै यो पर्व मनाईदै छ ।
श्रीकृष्णाअष्टमी मनाउन प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएपछि ग्रामिण तथा शहरी क्षेत्रमा, पर्वको थप रौनक छाएको छ ।
यता शुक्रवार र शनिवार लगातार दुई दिन बिदा परेपछि बाहिरका जिल्लामा अध्ययन अध्यापन, रोजगारी, सरकारी जागिरे र निजी संघ संस्थामा काम गर्नेहरू पनि बिदाको सदुपयोग गर्दै कृष्णाअष्टमी पर्वमा घर फर्केपछि रौनकता अझ थपिएको हो ।

यस अवसरमा शुक्रवार जिल्लाको कृष्णमन्दिरहरूलाई बेहुली झै श्रृंगारिएको छ भने, कतिपय मन्दिर प्रागणमा भब्य मेला लागेको छ ।
त्यस्तै बिष्णुपुर गाउपालिकाको रंजितपुरस्थित चन्द्रराधा कृष्णमन्दिरवाट सदरमुकाम राजबिराज सम्म कलश यात्रा निकालिएको छ ।
कलश यात्रामा सयौ महिला, पुरूष तथा बालवालिकाहरू सहभागी थिए, कलश यात्राका सहभागिअरूले बर्षाको प्रवाहा नगरी धार्मिक यात्रामा सहभागी भएका थिए ।
यस अवसरमा डाक्नेश्वरी नगरपालिका ४ स्थित कृष्ण मन्दिर प्रागणमा दुई दिने मेला समेतको आयोजना गरिएको छ । मेलामा मनोरन्जनका लागि ग्रामिण युवा कलाकारहरूले नाटक समेत मञ्चन गर्ने कार्यक्रम रहेको स्थानिय सत्य नारायण यादबले बताए ।
घरघरमा महिला, पुरूष पनि कृष्णाअष्टमी व्रत र मेलाको तैयारीमा जुटेका छन । सदरमुकाम राजबिराजस्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरका साथै रंजितपुरस्थित चन्द्रराधा कृष्णमन्दिर तथा मलेठस्थित राधाकृष्णा मन्दिरले शनिवार बिहान भव्य कृष्णरथ यात्रा निकाल्ने तैयारी गरेको मन्दिर समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ