News Category 2076/05/07
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
राजविराज÷ईतिहासविद् एवं अवकासप्राप्त सहप्राध्यापक हरिकान्त लाल दासको १३ औ दिनको पुण्यतिथिमा शनिबार श्रद्वाञ्जली सभा आयोजना गरिएको छ ।
शनिवार मैथिल महिला परिषद द्वारा आयोजित श्रद्वाञ्जली सभामा मधेशी आयोगका अध्यक्ष बिजय दक्तले हरिकान्तलाल दासको निधनले मिथिला मधेश मात्र नभई देशले नै एक कुशल लेखक एवम् अनुसन्धानकर्ता गुमाएको जिकिर गरे ।
सभामा पुर्व मंन्त्री उमेश कुमार यादबले हरिकान्त लाल दासले ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक क्षेत्रका कुशल अनुसन्धानकर्ताको रुपमा देशमै चिनिएका दासको निधनले मिथिला मधेशमा अपुरणीय क्षति भएको बताए ।
इतिहासविद् प्राध्यापक डा. पिताम्बरलाल यादवले स्व. दास आफ्नो गुरु मात्र नभई सहकर्मी भई लामो समयसम्म काम गरेको चर्चा गर्दै कृतिहरुको संरक्षण गरे मात्र उहाँलाई सच्चा श्रद्वाञ्जली हुनेछ ।
डा यादबले गहन अध्ययन–अनुसन्धानमा विशेष दखल भएका उनले गरेका कार्य युगौ युगसम्म जिवन्त रहने बताए । प्राध्यापक यादवले भने, “इतिहासविद् दासको व्यक्तित्व एवम् कृतित्व सिङ्गो देशकै लागि अनुकरणीय छ, अझ हस्तलिखित कतिपय शोध एवम् अनुसन्धानमूलक कृतिका पाण्डुलिपी समेत रहेकोले त्यसको संरक्षण आवश्यक छ ।”
कार्यक्रममा राजबिराज नगरपालिकाका उपमेयर साधना झाले हरिकान्तलाल दासको निधनले सप्तरीवासीलाई अतुल्निय क्षति पुगेको बताउदै भनिन्, “इतिहासविद् दासद्वारा लिखित पुस्तक एवम् अनुसन्धानहरु अतुलनीय छन्, उहाँको शरीर नष्ट भए पनि उहाँको कृति जिवन्त रहिरहनेन्छ ।”
सो अवसरमा उपमेयर साधना झाले ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक क्षेत्रका कुशल अनुसन्धानकर्ताको रुपमा देशमै चिनिएका दासको निधनले मिथिला मधेशमा अपुरणीय क्षति भएको उल्लेख गरिन् ।
नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादबले स्व. दास देशकै इतिहास विषयमा अध्ययन अनुसन्धान गर्नेहरुकालागि प्रेरणाको श्रोत रहेको बताए । उनको व्यक्तित्व एवम् कृतिबाट आफु अति प्रभावित भएको बताउँदै उनले भने, ‘दिनाभद्रीको विषयमा अनुसन्धान गर्ने क्रममा मैले धेरै विषय एवम् सामग्रीहरु उहाँबाट मार्गदर्शनको रुपमा पाएको छु, उहाँसँग रहेका पुस्तक, पाण्डुलिपी तथा दस्तावेजहरुको संरक्षणमा सरकारी तवरबाट विशेष पहल हुनुपर्छ ।”
मैथिल महिला परिषदका अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद पुर्व अध्यक्ष बिवेकान्द झा, देबेन्द्र मिश्र, पत्रकार मनोहर पोखरेल, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झालगायतका वक्ताले इतिहासविद् दासको व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ