News Category 2076/05/07
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान
राजबिराज÷प्रदेश २ का सबै ८ वटै जिल्लामा शनिबारदेखी एकै साथ हरित प्रदेश अभियान बृक्षा रोपन कार्यक्रम सुरु गरिएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतमा सागरनाथ वनविकास परियोजनामा शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले वन जंगलको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले प्रदेश २ का सबै ८ वटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान बृक्षारोपन कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
सोही अभियान अन्तरगत शनिबार सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा एकै दिन पाँच हेक्टर जग्गामा २ हजार २ सय बिरुवा रोपिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुरु गरिएको अभियानको महंग्नीको बोट रोपेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सुरुवात गरेका हुन् । उनीसँगै आएका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोजकुमार यादवका साथै ठूलो संख्यामा उपस्थित स्थानियले महग्नी, टिक, साल, सिसो जस्ता पाँच थरिका विरुवा रोपेका थिए ।
सो अवसरमा सामाजिक विकास मन्त्री साहले चुरे क्षेत्र, वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न ८ वटै जिल्लामा प्रदेश सरकारले हरित प्रदेश अभियान तथा बृक्षारोपन कार्यक्रम संचालनमा ल्याएको बताउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।

कार्यक्रमस्थलमा ठूलो संख्यामा उपस्थित स्थानियहरुलाई सम्बोधन गर्दै उनले आदेश र निर्देशन दिने मालिक होइन्, तपाईहरुको नोकर हुँ, त्यसैले यो अभियानमा सघाउन आदेश होइन् आग्रह गर्न चाहन्छु । उनले प्रदेश २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्रकाृतिक प्रकोप तथा वन र वातावरणमा संकट निम्तिदै भावी सन्ततीको जिवन समेत खतरामा पर्ने जिकिर गर्दै खाली रहेको निजि तथा सार्वजनिक जग्गामा समेत बृक्षारोपन गर्न सबैसँग आग्रह गरे ।
सप्तरी जिल्लामा हाल १६ प्रतिशत वन क्षेत्र मात्र छ । अभियानका क्रममा यसलाई बृद्धी गरि कम्तिमा ४० प्रतिशत पु¥याउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको यो अभियानले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति रोक्न तथा जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याउने सरोकारवालाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ