News Category 2076/05/09
संचारक्षेत्रमा अझ संघीयता आएको छैन् ः अध्यक्ष गोबिन्द आचार्य
दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले देशमा संघीयता आएपनि संचारक्षेत्रमा संघीयता नआएको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवनमा आइतबार आयोजित न्युनतम पारिश्रमिक निर्धारण समितिद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अहिले पनि संचारकर्मीहरुले काठमाडौं केन्द्रित संचारग्राममै धाउनु पर्ने बाध्यता रहेको बताए ।
आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले देशमा राजनीतिक संक्रमणको अन्त्य भएपनि संचारक्षेत्र भित्र अझै संघीयता आईनसकेको भन्दै पत्रकारहरुको सुझावलाई आधार बनाएर अझ सशक्त भएर प्रस्तुत हुने बताए ।
उनले समानुपातिक विज्ञापन लागु गर्न महासंघकै दबाब स्वरुप एक दुई महिनाभित्रै समानुपातिक विज्ञापन प्राधिकरण गठन भई समानुपातिक ढंगले सबै तहमा बितरण गरिने जानकारी दिए ।
ठूलो विज्ञापन एजेन्सीहरुले केही बिरोध गरे पनि पूर्ण समानुपातिक विज्ञापन नीतिलाई पारित गरेरै छाड्ने भन्दै उनले प्रतिनिधिसभाबाट समानुपातिक बिज्ञापन नीति सम्बन्धमा पास भइसकेकोले सो सभाबाट चाडै पारित हुने प्रतिबद्धता जनाए ।
त्यस्तै सोही अन्तरक्रियामा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले मोफसलका पत्रिकाले स्थानिय तहका सबै विज्ञापन प्रकाशन गर्ने अधिकार रहेको जानकारी दिए । उनले जिल्लास्थित पत्रिकाहरुले स्थानिय तहलाई सो विज्ञापनका लागि दबाब दिनु पर्ने आवश्कता समेत रहेको जिकिर गरे ।
उनले स्थानिय तहको विज्ञापन राष्ट्रिय पत्रिकामा प्रकाशित गर्ने कुनै प्रावधान नरहेको भन्दै स्थानिय तहकै कर्मचारीहरुको मिलोमतोमा कमिशनका लागि सो विज्ञापन राष्ट्रिय पत्रिकामा प्रकाशन हुँदै आएको प्रष्ट पारे । उनले यसका लागि महासंघका जिल्ला शाखाहरुले स्थानिय तहलाई दबाब दिनु पर्ने आवश्यकता रहेको उल्लेख छ ।
सो अवसरमा महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य अवधेश झा, पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षद्वय विष्णु मण्डल, धिरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिल कुमार अनल, प्रेस काउन्सीलका पूर्व सदस्य देवराम यादव, शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले धारणा राखेका थिए ।
त्यस्तै समितिलाई संचारकर्मीहरु हेमशंकर सिंह, चन्दनकुमार यादव, नवीनकुमार गुप्ता, माला कर्ण, राजु विश्वकर्मा, ओमप्रकाश साह, सतिश दत्त लगायतले सुझाव समेत दिएका थिए ।
यसैबीच पत्रकार महासंघका केन्द्रिय अध्यक्ष, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष, केन्द्रिय कोषाध्यक्ष लगायतलाई पाग र गम्छा ओढाएर महासंघका सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ