News Category 2070/11/09
७ वर्ष अघि वेपत्ता पारि हत्या गरिएका तामाङ्गको परिवारले गरे किरियाकर्म
दैनिक संवाददाता
राजविराज ८ फागुन ।
२०६३ साल मंसिर ७ गते अपहरणमा परी बेपत्ताको सूचीमा रहेका राजविराज ७ निवासी भूपू प्रहरी राजकुमार तामाङ्ग मारिएको रहस्य २०६९ मंसिर २८ गते खुलेको एक वर्ष भन्दा बढी बितिसक्दा समेत मृतकका परिवारले हालसम्म क्षपिूर्ति पाउन सकेका छैनन् ।
तामाङ्गको आफूसहित केहि साथीहरुले तामाङ्गको हत्या गरेको बयान पक्राउ परेका रम्पुरा मल्हनियाँ गाविसका किसन भनिने कमलेश यादवले २०६९ साल मंसिर २९ गते प्रहरी समक्ष दिएका दिएपछि मात्र उनको हत्या भएको पुष्टि भएको थियो ।
१४ महिनादेखी सरकारले क्षतिपूर्ति दिने आशमा रहेका मृतक तामाङ्गकी श्रीमती मिना तामाङ्गले २०७० साल माघ २८ गते आफ्ना पतिको अन्तिम किरियाकर्म गरेकी छिन् ।
२०७० साल माघ २८ गते मात्र मिनाले आफ्नो पतिको अन्तिम संस्कार गर्दा गर्दै सरकारले पतिको मृत्यु भइसेकेको भन्दा समेत कसैले क्षतिपूर्तिका लागि पहल नगरेको गुनासो गरिन् ।
औषधी किनेर तुरुन्त फर्किन्छु, खाना पकाएर राख्नु भनेर घरबाट निस्केका आफ्ना श्रीमान राजकुमार तामाङ्ग फर्केनन् । अपहरित आफ्ना पति सकुशल घर फर्केर आउने आशामा बाँचेकी छु मीना तामाङ्गले आँशु झार्दै आफ्ना पतिको फोटो हेरेर नै चित्त बुझाउन बाधय रहीन् ।
औषधि किन्न विहानै घरबाट निस्केका पति घर न फर्केपछि उनको आशमा बसेकै अवस्थामा दिउँसो १२ बजेतिर मोर्चाका एक कार्यकर्ताले फोनबाट आफ्ना पति अपहरणमा परेको कुरा जानकारी गराउँदै ४ लाख रुपैया माग गरेको स्मरण सुनाउँछिन् उनी । फोन गर्ने व्यक्तिले २४ घण्टाभित्र ४ लाख रुपैयाँ नदिए ज्यानै मार्ने धम्कि दिएको र प्रशासनलाई जानकारी दिए लोग्नेको टाउको काटेर पठाइदिने धम्की दिंदै फोन राखिदिएको उनी दुखेसो सुनाउँछिन् ।
पुनः फोनमै अनुनय–विनय गर्दा ३५ हजारमा कुरो मिलिसकेपछि स्थानीय एक व्यक्ति मार्फत ३५ हजार रुपैया जेनतेन व्यवस्था गरेर पठाउँदा आफ्ना पति राजकुमार मोर्चाको कब्जाबाट भागेको सञ्चार माध्यममा समाचार सार्बजनिक भयो । भागेको भनि समाचार सार्बजनिक भएको दुई दिन बितिसक्दा पनि घर नफर्केपछि मोर्चाका जिम्मेवार नेताहरुसँग कुरो गर्दा आफूहरुको कब्जाबाट भागेकोेले खोजतलास गरिरहेको भनि आश्वासन मात्र पाएको जानकारी गराउँदै उनी रुँदै पतिको अवस्थाबारे बुझिदिन गृहमन्त्री, गृहराज्य मन्त्री, स्थानीय प्रशासन, राजनीतिक दल, मानवअधिकारकर्मी समेतलाई गुहार मागें तर कुनै पनि पक्षले आश्वासन वाहेक चासो नदेखाएको भनिन् ।
पूर्व प्रहरी हवल्दार समेत रहेका ४७ वर्षीय राजकुमार अपहरणमा पर्नु भन्दा केही महिना अघि मात्र सेवाबाट निवृत भई राजविराज कारागार छेउको ऐलानी जग्गामा घर बनाई बस्दै आएका थिए । उनका २ छोरी र १ छोरा रहेका छन् ।
ज्वालासिंह मधेश मुक्तिको आन्दोलन गरिरहेका छन् भने मेरा पति कुन शोषक, सामन्त थिए ? भनी प्रश्न गर्दै उनी भन्छिन् –मोर्चाका अध्यक्ष ज्वालासिंहसँग विन्ती गर्दछु, मेरा पति सकुशल फिर्ता गरिदेऊ या त मलाई पनि गोली मारिदेऊ्, हजारौं पटक मर्नुभन्दा एकैचोटी मर्न चाहन्छु ।
यता माओवादी द्वन्द्वकाल र मधेस आन्दोलनका क्रममा बेपत्ता भएका नागरिकको परिवारहरुको ८, असोजमा राजविराजमा भएको भेलाले बेपत्ता नागरिक परिवार संघ गठन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ