News Category 2070/11/09
७ वर्ष अघि वेपत्ता पारि हत्या गरिएका तामाङ्गको परिवारले गरे किरियाकर्म
दैनिक संवाददाता
राजविराज ८ फागुन ।
२०६३ साल मंसिर ७ गते अपहरणमा परी बेपत्ताको सूचीमा रहेका राजविराज ७ निवासी भूपू प्रहरी राजकुमार तामाङ्ग मारिएको रहस्य २०६९ मंसिर २८ गते खुलेको एक वर्ष भन्दा बढी बितिसक्दा समेत मृतकका परिवारले हालसम्म क्षपिूर्ति पाउन सकेका छैनन् ।
तामाङ्गको आफूसहित केहि साथीहरुले तामाङ्गको हत्या गरेको बयान पक्राउ परेका रम्पुरा मल्हनियाँ गाविसका किसन भनिने कमलेश यादवले २०६९ साल मंसिर २९ गते प्रहरी समक्ष दिएका दिएपछि मात्र उनको हत्या भएको पुष्टि भएको थियो ।
१४ महिनादेखी सरकारले क्षतिपूर्ति दिने आशमा रहेका मृतक तामाङ्गकी श्रीमती मिना तामाङ्गले २०७० साल माघ २८ गते आफ्ना पतिको अन्तिम किरियाकर्म गरेकी छिन् ।
२०७० साल माघ २८ गते मात्र मिनाले आफ्नो पतिको अन्तिम संस्कार गर्दा गर्दै सरकारले पतिको मृत्यु भइसेकेको भन्दा समेत कसैले क्षतिपूर्तिका लागि पहल नगरेको गुनासो गरिन् ।
औषधी किनेर तुरुन्त फर्किन्छु, खाना पकाएर राख्नु भनेर घरबाट निस्केका आफ्ना श्रीमान राजकुमार तामाङ्ग फर्केनन् । अपहरित आफ्ना पति सकुशल घर फर्केर आउने आशामा बाँचेकी छु मीना तामाङ्गले आँशु झार्दै आफ्ना पतिको फोटो हेरेर नै चित्त बुझाउन बाधय रहीन् ।
औषधि किन्न विहानै घरबाट निस्केका पति घर न फर्केपछि उनको आशमा बसेकै अवस्थामा दिउँसो १२ बजेतिर मोर्चाका एक कार्यकर्ताले फोनबाट आफ्ना पति अपहरणमा परेको कुरा जानकारी गराउँदै ४ लाख रुपैया माग गरेको स्मरण सुनाउँछिन् उनी । फोन गर्ने व्यक्तिले २४ घण्टाभित्र ४ लाख रुपैयाँ नदिए ज्यानै मार्ने धम्कि दिएको र प्रशासनलाई जानकारी दिए लोग्नेको टाउको काटेर पठाइदिने धम्की दिंदै फोन राखिदिएको उनी दुखेसो सुनाउँछिन् ।
पुनः फोनमै अनुनय–विनय गर्दा ३५ हजारमा कुरो मिलिसकेपछि स्थानीय एक व्यक्ति मार्फत ३५ हजार रुपैया जेनतेन व्यवस्था गरेर पठाउँदा आफ्ना पति राजकुमार मोर्चाको कब्जाबाट भागेको सञ्चार माध्यममा समाचार सार्बजनिक भयो । भागेको भनि समाचार सार्बजनिक भएको दुई दिन बितिसक्दा पनि घर नफर्केपछि मोर्चाका जिम्मेवार नेताहरुसँग कुरो गर्दा आफूहरुको कब्जाबाट भागेकोेले खोजतलास गरिरहेको भनि आश्वासन मात्र पाएको जानकारी गराउँदै उनी रुँदै पतिको अवस्थाबारे बुझिदिन गृहमन्त्री, गृहराज्य मन्त्री, स्थानीय प्रशासन, राजनीतिक दल, मानवअधिकारकर्मी समेतलाई गुहार मागें तर कुनै पनि पक्षले आश्वासन वाहेक चासो नदेखाएको भनिन् ।
पूर्व प्रहरी हवल्दार समेत रहेका ४७ वर्षीय राजकुमार अपहरणमा पर्नु भन्दा केही महिना अघि मात्र सेवाबाट निवृत भई राजविराज कारागार छेउको ऐलानी जग्गामा घर बनाई बस्दै आएका थिए । उनका २ छोरी र १ छोरा रहेका छन् ।
ज्वालासिंह मधेश मुक्तिको आन्दोलन गरिरहेका छन् भने मेरा पति कुन शोषक, सामन्त थिए ? भनी प्रश्न गर्दै उनी भन्छिन् –मोर्चाका अध्यक्ष ज्वालासिंहसँग विन्ती गर्दछु, मेरा पति सकुशल फिर्ता गरिदेऊ या त मलाई पनि गोली मारिदेऊ्, हजारौं पटक मर्नुभन्दा एकैचोटी मर्न चाहन्छु ।
यता माओवादी द्वन्द्वकाल र मधेस आन्दोलनका क्रममा बेपत्ता भएका नागरिकको परिवारहरुको ८, असोजमा राजविराजमा भएको भेलाले बेपत्ता नागरिक परिवार संघ गठन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ