News Category 2076/05/10
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
.jpg)
दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
विगत ११ दिनदेखी अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरुको जायज माँगप्रति प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले समर्थन जनाएका छन् ।
मंगलबार अनशन स्थल कोशी ब्यारेजमै पुगेका मन्त्री साहले कोशी पीडितहरुको माग जायज रहेको भन्दै समर्थन जनाएका हुन् । उनले प्रदेश सरकारले कोशी पीडितहरुको माग पुरा गराउन आफ्नोस्तरबाट यसबारे संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
मन्त्री साह करिब एक घण्टा अनशनकारीहरुसँगै मञ्चमा बसेपछि कोशीपीडितहरु उत्साहित बनेका थिए ।
नेपाल भारतबीच बि.स. २०११ सालमा भएको सम्झौता अनुसार अझै जग्गाको मुआब्जा पाउन नसकेको भन्दै तिन बुँदे मागसहित उनीहरु साउन ३२ गतेदेखि सप्तकोशी ब्यारेजको कन्ट्रोल रुम नजिकै अनिश्चितकालिन रिले अनसनमा बसेका हुन ।
संघर्ष समितिका संयोजक महिदेव चौधरीले कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गा, बाढीले जग्गा र बालिमा पु¥याएको क्षति, जग्गाको सुरक्षा तथा नेपाल भारत सरकारबीच भएको बहुचर्चित कोशी सम्झौता कार्यान्वयन लगायतका मागसहित रिले अनसनमा बसेको बताए ।
यसबाट पनि सुनुवाई नभए आमरण अनसनदेखि चक्का जाम, सप्तरी सुनसरी र उदयपुर जिल्ला बन्दसम्म लगायतका आन्दोलन कार्यक्रम घोषणा तयारी समेत भइरहेको संयोजक चौधरीले बताए । यसैबीच मंगलबारै अनशन स्थलमा बसेको संघर्ष समितिको बैठकले समितिको सहसंयोजकमा ज्योती झा (सप्तरी) को चयन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ