News Category 2076/05/11
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
विद्युत प्राधिकरणले बिद्युत चुहावट नियन्त्रणका लागि आफ्नो प्रयासलाई निरन्तरता दिएको छ । यसैबीच प्राधिकरणले विद्युत चोरी गरि उपभोग गरिरहेका राजविराजको मुख्य सडकको एक होटल तथा एक फोटोकपी पसलमा बुधबार छड्के गरि विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिएको छ ।
नेपाल बिद्युत प्राधिकरण राजविराज बितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार राजविराज नगरपालिका रोडस्थित थारू रिसोर्ट र चौधरी पुस्तक पसलले विद्युतको मेनलाइनबाट हुकिङ्ग गरि बिजुली चोरी गरेको अवस्थामा फेला पारेको विद्युत प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् ।

उनका अनुसार विद्यतु रिडिङ्ग छड्के टोलीले थारू रिसोर्टले बिजुली पोलवाट सिधै बिजुली कनेक्सन गरेको पाएको तथा चौधरी पुस्तक पसलले थारू रिसोर्टसँगै कनेक्सन लिई विद्युत चुहावट गरेको भेटाएका थिए ।
सोही टोलीले थारू रिसोर्टवाट फ्रिज १ थान, फ्यान १ थान, ईन्भटर, साउन्ड बक्स, बुफर १ थान तथा चौधरी पुस्तक पसलवाट फोटो कापी मेसिन, लेमिनेसन र स्टेपलाईजर १ थान लगायतका सामग्री नियन्त्रणमा लिएको प्रमुख साहले जानकारी दिए ।
यता नेपाल बिद्युत प्राधिकरण शाखा राजबिराजले दुबै संचालकले बिजुली हुकिङ्ग गरी प्रयोग गरिएको समानको आधारमा बिद्युत चुहावट गरेको मुल्याङ्कनको आधारमा जरिवान तोकिने प्रमुख साहको भनाई छ ।
विद्युत चुहावट गर्नेलाई प्राधिकरणको नियम अनुसार १ बर्ष बरावरको जरिवाना तोकिने नियम समेत रहेकोले थारू रिसोर्टलाई १ लाख ५७ हजार बरावरको जरिवाना तोकिन सक्ने उनले बताए । यसैबीच थारू रिसोर्टले प्राधिकरणको २ लाख ९६ हजार बिजुली महसुल तिर्न बाँकी रहेको समेत उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ