News Category 2076/05/13
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन

दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
राष्ट्रिय खेलकुद परिषद्को ५६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा मैनबत्ति प्रज्वलन गरिएको छ ।
यद्दपी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएपनि तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका पदाधिकारीबीचको विवादले गत जेठ ४ गतेदेखी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएकोले तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको छ ।
जिल्ला खेलखुद विकास समितिको आयोजनामा आयोजित मैनबत्ति प्रज्वलन कार्यक्रममा विभिन्न खेलका खेलाडी, प्रशिक्षण प्रमुख राजकुमार परियार, प्रशिक्षक समिर जोशी तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
परिषद्को वार्षिकोत्सवको अवसरमा सरसफाई, कर्मचारीबीच ब्याडमिन्टन खेल लगायतका कार्यक्रमको आयोजना हुने प्रशिक्षण प्रमुख परियारले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिमा उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु लगायत बहुमत पदाधिकारीले अध्यक्ष अमर खवासले ब्यवस्थापकीय कमजोरी गरेको र लामो समयदेखी समितिको आयव्यय सार्वजनिक नगरेको भन्दै जेठ ४ गते समितिमा तालाबन्दी गरेका थिए ।
साढे तीन महिना बित्न लाग्दा पनि ताला खोलाउनका लागि कतै कुनै निकायबाट ठोस पहल नभएका कारणले जिल्लामा खेलकुद गतिविधि ठप्प बनेको छ भने खेलाडीहरुमा निरासा छाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ