News Category 2076/05/16

आज तिज र चौठचन्द्र एकैसाथ मनाइदै

दैनिक समाचारदाता

आज तिज र चौठचन्द्र एकैसाथ मनाइदै

दैनिक समाचारदाता
राजविराज, १५ भदौं । 
    सोमबार एकै दिन तिज र चौठचन्द्र पर्व परेकोले अहिले तराईको जिल्लाहरुमा महिलाहरु पर्व मनाउन सम्पूर्ण तयारी गरेका छन् । 
    तराईका धनुषा महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी लगायतका जिल्लामा निष्ठा पुर्वक मनाईने यो पर्वमा परिवारको कल्याण र धन धान्यका लागी चौठचन्द्रको पुजा गरिन्छ । 
    यो पर्वको अवसरमा घर बाहिर रहेका आफन्तजनसहित सामुहिक जमघटमा मनाईन्छ । यस अवसरमा ठाउँ ठाउँमा गणेश तथा अन्य देवी देउताका मुर्ती निर्माण गरी गणेश पुजनोत्सवको तयारी गरिएको छ । भदौ शुक्ल चतुर्थीको साझ मनाईने चौठचन्द्र पुजा मिथला क्षेत्रमा मिथिला नरेश हेमागंद ठाकुरद्वारा प्रारम्भ भएको मानिन्छ । 
    चन्द्रमा कंलकिंत भएको धार्मिक मान्यता अनुसार मिथलाबासी चौठीका दिन चौठचन्द्र पुजा गर्छन । खिर, पुरी, दही, मिठाई, फलफुल, नैवेध सहित चौठिकको साझ चन्द्रमालाई अर्धदिएर पुजा गरिन्छ । दिनभर उपबास बसेकी महिलाले अर्धदान गर्दछन् । 
    चौठचन्द्रमा सम्पूर्ण परिवार एकै स्थानमा बसेर पुजा गरी प्रसाद खानेचलन रहेको र यसले मनोकान्छा पुर्व पुरा हुने जनविश्वास रहेको पंडित रुपकान्त मिश्रको भनाई छ । 
    यता एकै दिन तिज पर्व समेत परेकाले यी पर्वहरुमा उपयोग गरिने वस्तुहरुको मुल्य मनपरी कायम भएको छ । स्थानिय बजारमा आईतबार दुधको मुल्यमा प्रति लिटर ५० रुपैया वृद्घि भएको छ ।
    यस्तै केरा, नारिवल, काक्रो, कागती, मकै लगायत प्रसाद सामग्री तथा माटोका भाडाहरुमा समेत तिन गुनालो बढेको तथा नियन्त्रणका लागी सम्बन्धित निकायले कुनै चासो नदेखाएको भक्तालुहरुले गुनासो पोखेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट