News Category 2076/05/16
एक सय ३५ विपन्न छोरीलाई साइकल
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका स्थित श्री महाविर उच्च माविका छात्राहरुलाई सोमबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले साइकल वितरण गरेका छन् ।
विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच मन्त्री साहले कक्षा ८ मा पढ्ने १ सय ३५ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री साहले छोरा छोरीमा भेदभाव गर्न तथा समाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनुपर्ने आवश्यकता औल्याए । उनले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको जानकारी दिए । उनले साइकलको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह समेत गरे ।
समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश २ सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको भन्दै उनले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरु सँग पनि आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ