News Category 2076/05/16
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
सप्तरी सदरमुकाम राजविराजबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज वडा नं. २ घर भएका ४८ वर्षिय पंचदेव यादव रहेका छन् । प्रहरीले राजदेवी चौकमा आइतबार साँझ चेकजाँच गर्ने क्रममा ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवसँग प्रहरीले स्पामोप्रोक्सयोभन क्याप्सुल १ सय ५६ थान, निट्राजेपाम आरनिट ट्याब्लेट ८९ थान, निट्राजेपाम नाइट्राभेट ६५ थान, निट्राजेपाम निस्ट्रोसन १ सय ४६ थान, डाइजेपाम इन्जेक्सन ५० थान, लुपिजेस इन्जेक्सन ४५ थान, फेनेरगन इन्जेक्सन ५० थान र डाइलेक्स डिसी २ बोतल गरि ६ सय ३ थान विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गरि पक्राउ परेका यादवलाई सार्वजनिक गरेको हो । यादवले समेत सो लागु औषध सेवन गरि हिडिरहेको अवस्थामा शंका लाग्दा उनीहसँग रहेको झोला चेकजाच गरेपछि उक्त मात्राको लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिए ।
पक्राउ परेका यादवलाई सोमबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ थप अनुसन्धान सुरु गरिएको उनले जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ