News Category 2076/05/16
जागिरको प्रलोभन देखाई आधा दर्जन यूवतीलाई बलात्कार र लुटपाट गर्ने पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
जागिर लगाई दिने प्रलोभन दिँदै आधा दर्जन युवतीहरुको यौन शोषण र उनीहरुबाट लाखौ रुपैया ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादव रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो ।
मोरङ्ग जिल्ला अदालतबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजाय समेत पाएर फरार रहेका यादवलाई गोप्य सूचनाका आधारमा मोरङ्गको बुढीगंगा नगरपालिका ३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।
आधा दर्जन यूवतीको बलात्कार तथा लाखौ रुपैया ठगी गरेको घटनामा संलग्न रहेका यादव समाजिक संजाल इमोमा आफूलाई संजिव खडका भनि चिनाउदै आएको पत्रकार सम्मेलनमा इप्रका कंचनपुरका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।
इमोमार्फत युवतीहरुको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरि आफू रोजगारी डटकमको म्यानेजर हुँ भन्दै विभिन्न बैंक र संस्थामा जागिर लगाई दिने प्रलोभन देखाएर घरमै युवतीलाई बोलाई रकम ठगि गरि जबर्जस्तीकरणी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेकोे डिएसपी मिश्रले बताए ।
डिएसपी मिश्रका अनुसार तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाई दिने भन्दै घरमै बोेलाई नियुक्ति पत्र समेत दिएर जबर्जस्तीकरणी र ठगि तथा लुटपाट गरेको विषयमा पिडितहरुले दिएको प्रमाणको आधारमा पक्राउ गरिएको हो ।
तीन वर्षदेखि समाजिक संजालमा रोजगारी डटकम माध्यमबाट टाढा–टाढाका महिलालाई जागिरको प्रलोभन देखाई लुटपाट तथा जबर्जस्तीकरणी गर्ने यादवबाट पीडित बन्नेहरुको संख्या अझै थपिदै गएको बताउँदै डिएसपी मिश्रले पक्राउ परेका यादवले जागिरको लोभलालच देखाई आधा दर्जन भन्दा बढी युवतीसँग यौन दुव्र्यवहार र सुनँचाँदीका गरगहना तथा १० लाख भन्दा बढी रकम लुटपाट र ठगी गरेको अनुसन्धानको क्रममा खुलेको बताए ।
यता पक्राउ परेका यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएको नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, विमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीको गरगहना तथा नगद ३३ हजार रुपैया समेत बरामद गरिएको छ ।
अदालतबाट म्याद थप गराई उनीमाथि जबर्जस्तीकरणी उद्योग, लुटपाट तथा ठगी लगायतका मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ