News Category 2076/05/17
भगाएर गर्भवती बनाई छाडेपछि नाबालिका बिच्चलीमा
दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
एक नाबालिकालाई मेलाबाट भगाएर गर्भवती बनाई अलपत्र छाडेपछि उनी बिच्चलीमा परेकी छिन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. २ निवासी १७ वर्षिया जिवछी कुमारी साहको विच्चली भएको हो ।
छिन्नमस्ता भगवती मन्दिरमा गत असार २९ गते लागेको मेलाबाट स्थानीय २१ बर्षिय दिपक यादवले जिवछीलाई भगाएर भारततर्फ लगेका थिए ।
पीडित जिवछीकी आमा कंचनदेवी साहले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आफूहरु अन्यायमा परेको भन्दै दुखेसो पोखेकी छिन् ।
दिपकले जिवछीसँग विवाह गरी करिब २ महिना भारतको अमृतसरमा बसेर छोरीलाई गर्भवती बनाई गर्भपतन समेत गराएर काका श्याम यादव मार्फत छिन्नमस्ता गाउँपालिका स्थित प्रहरी चौकीमा ल्याएर छाडिदिएको उनले बताईन् ।

कंचनदेवीले छोरीलाई दिपक र उनका परिवारजनले घर भित्राउनु पर्ने माग गर्दै माईती घरमा लैजान पनि केटासँग भागेकी केटीको अरुसित विवाह सम्भव नहुने भएका कारण दिपककै घरमा भित्राउनु पर्ने उनको माग छ ।
दिपक र उनका परिवारजनले छोरीलाई स्वीकार गर्नुपर्ने माग गर्दै आएकी उनले सोही कारणले प्रहरीमा रहेकी छोरीलाई बुभ्mन अस्वीकार गरेकी छिन् । यता जिवछी विगत ४ दिनदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको सेफ हाउसमा राखिएको प्रहरी निरिक्षक प्रकाश बस्नेतले जानकारी दिएका छन् ।
सोही पत्रकार सम्मेलनमा कंचनले छोरीलाई न्याय दिलाउन आफुहरुले घटनाको दुई दिनमै प्रहरीमा निवेदन दिएको तर हालसम्म पिडक पक्षलाई प्रहरीले पक्राउ गर्न अग्रसरता नदेखाएको गुनासो पोखिन् ।
यस्तै प्रहरी निरिक्षक बस्नेतले केटी नाबालिक भएकाले दिपक र जिवछीको विहे गराईदिने कुरामा कानुनी जटिलता देखिएको जानकारी दिए । यद्यपी मानवीय आधारमा प्रहरीले गर्न सक्ने सबै पहल गरी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ