News Category 2076/05/19

खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव

दैनिक समाचारदाता

खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव

दैनिक समाचारदाता
राजविराज, १९ भदौं । 
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने चेतावनी दिएका छन् । 
    सप्तरीको कंचनरुप नगरपालिकास्थित सर्वोदय मा.वि.को प्राङगणमा बिहीबार आयोजित, कंचनरुप नगरपालिका बालमैत्री नगर घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री पंडितले सो चेतावनी दिएका हुन । 


    तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केहि पनि नपाउने बताउँदै उनले भने, “२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्त हुन्छ ।” 
    मन्त्री पण्डितले लोकसेवा विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलन र आन्दोलनका अगुवाहरुले भ्रम मात्र छर्ने काम गरेको बताए । मन्त्री पंडितले नेकपा नेतृत्वको सरकार देशमा आमुल परिवर्तन हुने गरी समृद्घि र विकासको ढोका खोल्न प्रयासरत रहेको बताए । 
    उनले मुलुकमा संघीय गणतन्त्र आइसकेको बताउँदै यदी कसैले राजतन्त्र ल्याउने सपना देखेका छन् भने उनीहरुको सपना सपनामै सीमित रहने चेतावनी समेत दिए । 
    यसैबीच सप्तरीको कंचनरुप नगरपालिका प्रदेश २ कै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानिय तह घोषणा कार्य विधिमा व्यवस्था भए बमोजिमका सूचकहरु १२ वटै वडाले पुरा गरे पश्चात् विहिबार एक समारोह विच कंचनरुप नगरपालिकालाई बालमैत्री नगरपालिकाको घोषणा गरिएको हो । 
    बालमैत्री नगर घोषणा समारोहका प्रमुख अतिथि समेत रहेका मन्त्री पंडितले कंचनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेसँगै यसलाई अभियानको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।
    संघियता पछिको नेपालको तेस्रो तथा प्रदेश २ को पहिलो बालमैत्री नगरघोषणा भएको जानकारी दिएका नगरप्रमुख बसन्त मिश्रले बालमैत्री नगर घोषणाका लागी आवश्यक पर्ने पूर्व बालबचाऔं संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास लगायतका कार्यपुरा भएपछि बालमैत्री नगर घोषणा गरिएको जानकारी दिए । 
    उनले बालसंरक्षण र विकासका लागी नगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरिएको जानकारी पनि दिए । बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरे बमोजिम ३९ वटा सूचकहरु नगरपालिकाले पुरा गरिसकेको उनको भनाई थियो ।  

प्रतिकृया दिनुहोस