News Category 2076/05/20
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनराका छात्राहरुलाई शुक्रबार साइकल वितरण गरिएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढ्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
प्रदेश सभा सदस्य सुमनले साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह गरेका छन् ।
समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको जानकारी दिँदै उनले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरुसँग समेत आग्रह गरे ।
कार्यक्रमका अतिथि महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, महादेवा गापा वडा नम्वर १ का अध्यक्ष जयश्वर किशोर दास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी, राजपा नेता सुकदेव यादवलगायतका वक्ताले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ