News Category 2076/05/20
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनराका छात्राहरुलाई शुक्रबार साइकल वितरण गरिएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढ्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
प्रदेश सभा सदस्य सुमनले साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह गरेका छन् ।
समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको जानकारी दिँदै उनले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरुसँग समेत आग्रह गरे ।
कार्यक्रमका अतिथि महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, महादेवा गापा वडा नम्वर १ का अध्यक्ष जयश्वर किशोर दास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी, राजपा नेता सुकदेव यादवलगायतका वक्ताले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ